Nepal Life

बाँडफाँट भएको ८ दिनमै मुक्तिनाथ कृषि कम्पनीको आइपीओ सूचिकृत, पहिलो कारोबार २३० रुपैयाँबाट सुरु हुने

Global Ime detail Page
  • BFIS News
  • 2023 Dec Wed 16:52
बाँडफाँट भएको ८ दिनमै मुक्तिनाथ कृषि कम्पनीको आइपीओ सूचिकृत, पहिलो कारोबार २३० रुपैयाँबाट सुरु हुने
Sanima Reliance

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा मुक्तिनाथ कृषि कम्पनीको आइपीओ सूचीकृत भएको छ । यसको चुक्ता पुँजीका आधारमा कायम ७० लाख कित्ता सेयर बुधबार सूचीकरण भएको हो । नेप्सेले यसको पहिलो कारोबारका लागि प्रतिकित्ता ७६.८१ रुपैयाँदेखि २३०.४३ रुपैयाँसम्म ओपनिङ रेन्ज तोकेको छ । 

NIMB

बिहीबार (मंसिर २८ गते) स्पेसल प्रि ओपनिङ सेसनमा अर्डर म्याच भएमा सोही रेन्जभित्र रहेर पहिलो कारोबार हुनेछ । पहिलो कारोबारलाई आधार मानेर नियमित कारोबार हुनेछ । मुक्तिनाथ कृषि कम्पनीको सेयर कारोबारका लागि ‘एमकेसीएल’ संकेत तोकिएको छ । कम्पनीले गत मंसिर १९ गते सर्वसाधारणलाई आइपीओ बाँडफाँट गरेको थियो । बाँडफाँट भएको ८ दिनमै आइपीओ सूचीकृत गरेको हो ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया