बुद्धभुमी हाइड्रोपावरले १५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने, बजार बढेको मौकामा चौका
- BFIS News
- 2023 Dec Thu 05:35
काठमाडौं । बुद्धभुमी हाइड्रोपावर कम्पनीले १५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले बजार बढिरहेको मौकामा हकप्रद शेयर निष्काशनको प्रस्ताव गरेर शेयर मूल्य बढाउन खोजेको हो ।
कम्पनीको मंसिर २८ गते बसेको सञ्चालक समितिको बैठकले हकप्रद शेयर निष्काशनको विशेष प्रस्ताव सहित १५ औं वार्षिक साधारणसभा आह्वान गरेको हो ।
कम्पनीले पुस २० गते अम्रपाली ब्याङ्क्वेटमा सभा आयोजना गर्ने भएको छ । सभाले संस्थापक शेयरधनीको समुहबाट सञ्चालकहरुको निर्वाचन गर्नेछ । साधारणसभा प्रयोजनका लागि पुस ६ गते एक दिन बुक क्लोज गर्नेछ ।
प्रतिक्रिया