Nepal Life

शेयर बजारमा तिव्र उतार चढाव, व्याजदर घट्दा पनि लगानीकर्ताको कन्फिडेन्स बढ्न सकेन

Global Ime detail Page
  • BFIS News
  • 2023 Dec Thu 15:05
शेयर बजारमा तिव्र उतार चढाव, व्याजदर घट्दा पनि लगानीकर्ताको कन्फिडेन्स बढ्न सकेन
Sanima Reliance

काठमाडौं । शेयर बजारमा तिव्र उचारचढाव देखिएको छ । बैंक व्याजदर र तरलता सहज हुँदा पनि लगानीकर्ताहरुको कन्फिडेन्स भने बढ्न सकेको छैन । 

NIMB

साताको पहिलो दिन सकारात्मक सर्किट लागेको शेयर बजारमा त्यस पछिका दिनमा खासै ठुलो सुधार हुन सकेको छैन । बैंकहरुले निक्षेप तथा कर्जाको व्याजदर घटाउन सुरु गर्दै गर्दा अवका दिनमा बजार बढ्छ भन्ने मनोविज्ञान हाबी भए पनि लगानीकर्ताको कन्फिडेन्स लेभल भने बढ्न सकेको छैन । 

आक्रामक खरिद गर्दा भोलि घट्यो भने के गर्ने भन्ने डरले गर्दा बजार माथि जान नसकेको विश्लेषकहरु बताउछन् । बजार खुलेदेखिनै मोनिटरिङ गर्नेको संख्या ह्वात्तै बढेको छ । ब्रोकर कार्यालयमा सोधखोज गर्ने तथा चहलपहल पनि बढेको छ । हिजोका दिनमा शेयर खरिद गरेर डुबेका लगानीकर्ताहरु पनि बजारलाई हेरेर बसिरहेका छन् । 

बजार माथि गयो भने सेलर हाबी हुने प्रवृत्तीले पनि बजारमा आक्रामक बाइङ हुन नसकेको एक ब्रोकरले बताए । साताको पहिलो दिन सकारात्मक सर्किट लाग्यो तर भोलिपल्टको कारोबारमा पहिलो दिनमा जस्तो उत्साह देखिएन । तर कारोबार रकम भने ह्वात्तै बढ्यो । कारोबार रकमलाई हेर्दा बजार बढ्छ भन्ने आकलन थियो । तर त्यस पछिका दिनमा सूचक र कारोबारमा खासै उल्लेख्य सुधार हुन सकेन । 

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेका वित्तीय सूचकमा सुधार नै देखिन्छ । बैंकिङ प्रणालीमा तरलता दिन प्रतिदिन थुप्रिदै गएको छ । बैंकहरुले अवको केहि समय नयाँ कर्जा प्रवाह हुने अवस्था नरहेको बताउदै आएका छन् । व्याजदर अझै तल झर्न सक्ने भएकाले व्यवसायीहरु पनि घट्दो व्याजरलाई हेरेर बसिरहेका छन् । यसै अवस्थामा शेयर बजार भने केहि बढ्ने आकलन गरिएको थियो । 

बिहीबार नेप्से सूचक ६.५५ अंकले सुधार भएर बन्द भएको छ । बजार अझै २ हजार भन्दा तल १९९४ अंकमै सिमित छ । २००० को लाइनलाई मनोबैज्ञानिक अवरोधको लाइनका रुपमा लिइदै आएको छ । यो अवरोध पार भयो भने शेयर बजारले केहि गति लिने प्राविधिक विश्लेषकहरुको दाबी छ । 

आज ३ अर्ब १५ करोडको कारोबार भएको छ । १४० वटा कम्पनीको शेयर मूल्यमा सुधार हुँदा ९१ वटा कम्पनीको शेयर मूल्य भने तल झरेको छ । बाणिज्य बैंक, जीवन बीमा, इन्भेष्टमेन्ट, माइक्रोफाइनान्स र ट्रेडिङको सूचकमा गिरावट देखिएको छ भने बाँकी सूचकमा सुधार देखिन्छ । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया