Nepal Life

माधव भण्डारी सन् २०२४ का लागि नेपाल लाइफबाट पहिलो सिओटी बन्न सफल, ‘एक दशकदेखि सधै पहिलो’

Global Ime detail Page
  • BFIS News
  • 2023 Dec Thu 21:42
माधव भण्डारी सन् २०२४ का लागि नेपाल लाइफबाट पहिलो सिओटी बन्न सफल, ‘एक दशकदेखि सधै पहिलो’
Sanima Reliance

काठमाडौं । एजेन्सी म्यानेजर माधव भण्डारी सन् २०२४ का लागि नेपाल लाइफ इन्स्योरेन्स कम्पनीबाटै पहिलो सिओटी बन्न सफल भएका छन् । भण्डारीले यस वर्ष सन् २०२३ मा एक करोड २६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरि कोर्ड अफ दि टेवल ‘सिओटी’मा पर्न सफल भएको कम्पनीका घोराही शाखा प्रमुख विष्णु प्रसाद शर्माले जानकारी दिए ।

NIMB

भण्डारी घोराही शाखाबाट मात्रै नभएर नेपाल लाइफ इन्स्योरेन्स कम्पनीबाटै सन् २०२४ का लागि पहिलो सिओटी बन्न सफल भएको उनले बताए । एमडिआरटी कोर्ट अफ दि टेबल ‘सिओटी’ मा योग्य हुनका लागि एक करोड २५ लाख १४ हजार ५०० रुपैयाँ बीमा शुल्क आर्जन गर्नु पर्ने हुन्छ । 

अहिलेको आर्थिक मन्दीको समयमा एमडिआरटीको लक्ष्य हासिल गर्न धौ धौ परिरहेको अवस्थामा भण्डारीले भने एक करोड २६ लाख भन्दा धेरै बीमा शुल्क आर्जन गरेर उदाहरणीय काम गरेका छन् । ३४ वर्षे भण्डारीको जन्म घर गुल्मी हो । प्रविणता प्रमाणपत्र तह गुल्मीबाटै पुरा गरेका उनले स्नातक भने काठमाडौंबाट गरे । जागिरको सिलसिलामा १२/१३ वर्षदेखि दाङमा बस्दै आइरहेका भण्डारीको अभिकर्ता यात्रा पनि जागिर सँगै सुरु भयो ।

उनले करिअरको सुरुवात नेपा टप कम्पनीको राप्ति अञ्चल अन्तर्गतको डिपो प्रमुखबाटै सुरु भयो । हाल पनि उनि यसै डिपोमा प्रमुखको जिम्मेवारी सम्हालिरहेका छन् । मृदुभाषी भण्डारी जागिर र अभिकर्ता दुबै पेशालाई सफलतापुर्वक सम्हालिरहेका छन् ।

आफ्नै अंकलको छोरा यदुनन्द भण्डारीले जागिर मात्रै गरेर हुँदै अभिकर्ताको काम पनि गर्नु पर्छ भनेर अभिकर्ताको लाइसेन्स झिकिदिएका थिए । दाइले अभिकर्ता पेशामा लागेर राम्रो कमाइ पनि हुने र पुर्णकालिन समय पनि दिनु नपर्ने भने पछि उनि अभिकर्ता पेशा प्रति आकर्षित भएका थिए ।

यसरी आफ्नै दाइको अनुरोध पछि २०७० सालमा अभिकर्ता बनेका भण्डारीले कहिलै पनि पछाडी फर्केर हेर्नु परेको छैन । उनले जुन महिनादेखि अभिकर्ताको काम सुरु गरेका थिए त्यस पछि आजको दिनसम्ममा पनि उनि घोराही शाखामा दोस्रो अभिकर्ता बनेका छैनन् । उनि शाखामा मात्रै होइन राप्ति अञ्चलमै पहिलो नम्बरमा पर्छन् । उनले नेपाल लाइफका साथ सँगै आइएमई लाइफमा पनि ५/६ वर्ष अभिकर्ताको काम गरे । आइएमई लाइफमा पहिलो वर्षमै सर्वाधिक धेरै व्यवसाय भित्र्याएका भण्डारीले दोस्रो वर्षमा आफ्नै कोड र टिमबाटै सर्वाधिक धेरै व्यवसाय भित्र्याएका थिए । गएको आर्थिक वर्षमा व्यक्तिगत तर्फबाट सर्वाधिक धेरै व्यवसाय भित्र्याउने तेस्रो नम्बरमा पर्न सफल भएका थिए ।

यसरी दुई वटै कम्पनीमा सर्वाधिक धेरै व्यवसाय भित्र्याउने भण्डारीको दिनचर्या विहान ७ बजेदेखि सुरु हुन्छ । विहानै घरबाट निस्किए पछि बेलुका ७/८ बजे मात्रै घरमा पुग्छन् । यस विचमा अधिकाम्स समय अभिकर्ता पेशाका लागि खर्चिन्छन् । परिवारको पनि राम्रो साथ र सहयोग पाइरहेका भण्डारीले हालसम्म ७ सय भन्दा धेरैको बीमा गराइरहेका छन् ।

बीमालाई राम्रो सँग बुझाउन सक्ने क्षमताकै कारण उनि सर्वाधिक धेरै बीमा शुल्क आर्जन गर्न सफल भएका हुन् । सामान्यतया अन्य अभिकर्ताले जसरी पनि बीमा गराउने अभिप्रायले थोरै थोरै बीमाङ्कको बीमा गराउने गर्छन् । तर उनि सुरुवाति दिनदेखिनै के कुरामा प्रष्ट थिए भने ‘बीमाङ्कले आफ्नो र परिवारको जोखिम बहन गर्न सक्नु पर्छ ।’

उनको यहि बुझाइले गर्दा आजका दिनसम्ममा सर्वाधिक धेरै व्यवसाय भित्र्याउने एजेन्सी म्यानेजर भित्र पर्दै आइरहेका छन् । वार्षिक आम्दानी गर्नेले कम्तिमा पनि २ देखि ३ महिनाको आम्दानीले खाम्नेगरी बीमा गर्नु पर्ने उनको भनाइ छ । उनले भने ‘मैले बीमा गराउदा जहिले पनि घरमा मुख्य आम्दानी गर्ने व्यक्तिको मात्रै बीमा गराउछ । यसरी बीमा गराउदा उहाँहरुको २ देखि ३ महिनाको आम्दानीले वार्षिक प्रिमियम भ्याउने गरि बीमा गराउछु । यसले गर्दा उहाँलाई केहि भइहाल्यो भने पनि परिवारले राम्रो पैसा पाउनु हुन्छ । साथै भोलि पोलिसी परिपक्व हुँदै गर्दा केहि गर्न सक्ने गरी पैसा आउछ ।’

जीवन बीमा सबै मानिहरुलाई आवस्यक पर्ने तर भरपर्दो र विश्वासिलो मान्छे नहुँदा मानिसहरुले बीमा गर्न उपेक्षा गर्ने ट्रेण्ड रहेको उनको भनाइ छ । यसले गर्दा बीमा गराउने व्यक्तिले विश्वास दिलाउन सक्नु पर्छ । उनि तिनै बीमितको दरिलो र विश्वासिलो माध्यम बन्न पुगे । उनको सम्बन्ध सबैभन्दा धेरै हार्डवेयर व्यवसायीहरु सँग छ । यस्ता व्यवसायीहरु लाखौ होइन करोडौमा खेल्छन् । अव यस्ता व्यक्तिलाई एक दुई लाखको बीमा गराएर केहि अर्थ हुँदैन । यहि नेटवर्कबाट विश्वास जित्ने क्रममा उनि ठुलो ठुलो बीमाङ्कको पोलिसी बिक्री गराउन सफल भएका हुन् ।

उनले जति पनि व्यक्तिको बीमा गराएका छन् ति सबैलाई उनि आफुले सकेको सहयोग गर्छन् । केहि समय अगाडी उनैले बीमा गरेका बीमितको मृत्यु भए पछि ५६ लाख रुपैयाँ दाबी दिलाइदिए । उनले २५ लाख रुपैयाँको साविधिक बीमा गरिदिएका थिए । जसमा राइडर पोलिसी समेत मिलाइएको थियो । जसले गर्दा बीमितको परिवारले ५६ लाख रुपैयाँको दाबी पाउन सफल भए ।

यहि पेशामा लागेर उनले घर, जग्गादेखि गाडीसम्म जोड्न सफल भएका छन् । अहिलेसम्मको यो सफलतामा घोराही शाखाको पनि ठुलो साथ सहयोग रहेको उनि बताउछन् । अभिकर्ता पेशा सबै दृष्टिकोओबाट सर्वाधिक आकर्षक रहेको उनको भनाइ छ ।

बिएफआइएस न्युजको फेसबुक पेजमा लाइक गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ । 

https://www.facebook.com/bfisnews

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया