NIMB Header 2
Nepal Life

६ महिनामा बाणिज्य बैंकहरुको मुनाफा ११ प्रतिशतको वृद्धि

National Life
  • बिएफआईएस न्युज
  • 2022 Jan 21 10:32
६ महिनामा बाणिज्य बैंकहरुको मुनाफा ११ प्रतिशतको वृद्धि
Sanima Reliance

काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमाशिक अवधिमा बाणिज्य बैंकहरुले ११ प्रतिशतले मुनाफा बढाउन सफल भएका छन् । गत आर्थिक वर्षको पुस मसान्तसम्मको तुलनामा चालु वर्षको पुससम्म नाफा २ अर्ब ९४ करोड ३० लाख रुपैयाँले बढाएका छन् । यद्यपि शुक्रबारसम्म कुल २३ वाणिज्य बैंकले मात्र वित्तीय विवरण सार्वजनिक गरेका छन् । नेपाल बैंक, एनएमबि, हिमालयन र सनराइज बैंकले विवरण सार्वजनिक गर्न बाँकी नै छ ।

Shikhar
NIMB

वित्तीय विवरण सार्वजनिक गरेका बैंकहरुको मात्र हिसाब गर्दा २३ बैंकले कुल २९ अर्ब ९० करोड रुपैयाँ नाफा गरेका छन्। गत वर्ष यस्तो नाफा २६ अर्ब ७६ करोड रुपैयाँ थियो ।

प्रतिशतका आधारमा फराकिलो नाफा सिभिल बैंकले गरेको छ। बैंकले १४८.४७ प्रतिशतले नाफा गरेको छ। यसपछि ७१.६८ प्रतिशतले सिद्धार्थ बैंकले नाफा बढाएको छ । सेञ्चुरी बैंकले ५४.७७ प्रतिशत र नेपाल एसबीआइ बैंकले ५२.०४ प्रतिशतले नाफा बढाएको छ ।

यीबाहेक १० प्रतिशतमाथि नाफा गर्ने अन्य ६ बैंक छन् । स्ट्यान्डर्ड चार्टर्ड बैंकले ४९.३६ प्रतिशत, एनसीसी बैंकले ४६.६७ प्रतिशत, सिटिजन्स बैंकले ४१.६१ प्रतिशत, माछापुच्छ्रे बैंकले २५.९२ प्रतिशत, एनआइसी एसिया बैंकले १६.४७ प्रतिशत र ग्लोबल आइएमइ बैंकले १५.०४ प्रतिशतले नाफा बढाएका छन्। बाँकी बैंकको नाफा एकल अंकमा छ ।

वित्तीय विवरण सार्वजनिक गरेकामध्ये चार बैंकको नाफा घटेको छ । प्राइम, नेपाल बंगलादेश बैंक, प्रभु र कुमारी बैंकको नाफा घटेको छ ।

रकमका आधारमा सर्वाधिक नाफा ग्लोबल आइएमइ बैंकले गरेको छ । बैंकले २ अर्ब ६६ करोड रुपैयाँ नाफा गरेको छ । ग्लोबल आइएमइ बैंकले पोहोर २ अर्ब ३१ करोड रुपैयाँ नाफा गरेको थियो । दोस्रो नम्बरमा एनआइसी एसिया छ । बैंकले २ अर्ब ४० करोड रुपैयाँ नाफा गरेको छ 

नबिल बैंक तेस्रो नम्बरमा छ । बैंकले २ अर्ब १८ करोड रुपैयाँ नाफा गरेको छ । यो ८.२० प्रतिशतले बढी हो । नबिलपछि राष्ट्रिय वाणिज्य बैंकले एक अर्ब ९१ करोड, प्राइम बैंकले एक अर्ब ६७ करोड, नेपाल इन्भेष्टमेन्ट बैंकले एक अर्ब ६२ करोड, सिद्धार्थ बैंकले एक अर्ब ५७ करोड रुपैयाँ नाफा गरेको छ ।

अर्बमाथि नाफा गर्नेमा मेगा बैंक एक अर्ब ४० करोड, प्रभु बैंक एक अर्ब २६ करोड, सिटिजन्स बैंकले एक अर्ब २४ करोड, स्ट्यान्डर्ड चार्टर्ड बैंक एक अर्ब ८ करोड, सानिमा बैंक एक अर्ब ७ करोड र माछापुच्छ्रे बैंक एक अर्ब एक करोड नाफा गरेको छ । बाँकी बैकको नाफा अर्बभन्दा तल छ ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया