Nepal Life

शेयर बजार सुधारको लयमा, घटेको मौकामा किन्ने हाबी हुँदा ४० अंकको बाउन्स व्याक सहित २७ अंकको सुधार

Global Ime detail Page
  • BFIS News
  • 2023 Dec Sun 15:09
शेयर बजार सुधारको लयमा, घटेको मौकामा किन्ने हाबी हुँदा ४० अंकको बाउन्स व्याक सहित २७ अंकको सुधार
Sanima Reliance

काठमाडौं । शेयर बजारले सुधारको लय पक्रिएको छ । सरकारको भूतप्रभावी कर नीतिबाट प्रभावित शेयर बजारमा पनि आज आइतबार १० अंकले सुधार भएको छ । गत बिहीबार सर्वोच्च अदालतले प्रिमियममा निष्काशन गरिएको एफपिओ र मर्जरबाट आर्जन भएको बार्गेन पर्चेज गेनमा कर लागउने सरकारको निर्णय बिरुद्धको रिटलाई खारेज गरिदिए पछि शुक्रवार र शनिवार दुई दिनमा १३ अर्ब भन्दा धेरै उठाएको छ । यसरी सूचिकृत कम्पनीहरुले ठुलो रकम करको रुपमा भुक्तानी गर्नु परे पछि आज शेयर बजार घट्छ भन्ने अनुमान गरिएको थियो ।

NIMB

आइतबार ओपनिङ सेसनमा राम्रै गिरावट देखियो त्यस पछि पनि ४० अंक भन्दा धेरैले तल झर्यो । केहि कम्पनीहरुले कर भुक्तानी गर्नु पर्यो भन्दै अन्य कम्पनीहरुको पनि शेयर घटाउनु उचित होइन भन्ने ठुला लगानीकर्ताले शेयर उठाउन थालेका थिए । आज कर बुझाएका केहि कम्पनीको शेयर मूल्यमा गिरावट देखिए पनि बाँकी कम्पनीहरुको शेयर मूल्यमा उल्लेख्य सुधार देखिएको छ । जसले गर्दा आज एकै दिन ७१ अंक भन्दा धेरैको सुधार देखियो । पहिलो चरणमा ४० अंक भन्दा धेरैले तल झरेको शेयर बजारमा अन्तिम अवस्थासम्ममा २७ अंकले बढ्दा करिव ७१ अंकले सुधार भएको देखिन्छ ।  कारोबार रकम पनि ५ अर्ब १५ करोड रुपैयाँको भएको छ ।

आज १८५ वटा कम्पनीको शेयर मूल्यमा सुधार हुँदा ५२ वटाको भने घटेको छ । बाणिज्य बैंक, म्युचुअल फण्ड र ट्रेडिङ बाहेक सबैको सुधार देखिएको छ ।

पुस महिनाका लागि बैंकहरुले सार्वजनिक गरेको निक्षेपको व्याजदर एकल अंकमा झरेको छ । बैंकिङ प्रणालीमा तरलता थुप्रिए पछि बैंकहरुले व्याजदर पनि घटाएका हुन् । अव विस्तारै कर्जाको व्याजदर पनि घट्न थाल्ने छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया