NIMB Header 2
Nepal Life

बल्खुमा ट्रेड मल सञ्चालन गरेको आदर मल्टी इन्भेष्टमेन्टले आइपिओ निष्काशन गर्ने

National Life
  • BFIS News
  • 2023 Dec 18 05:04
बल्खुमा ट्रेड मल सञ्चालन गरेको आदर मल्टी इन्भेष्टमेन्टले आइपिओ निष्काशन गर्ने
Sanima Reliance

काठमाडौं । आदर मल्टी ईन्भेष्टमेन्ट कम्पनीले सर्वसाधारणका लागि साधारण शेयर ‘आइपिओ’ निष्काशन गर्ने भएको छ । कम्पनीले सातौ वार्षिक साधारणसभामा प्राथमिक शेयर निष्काशनको विशेष प्रस्ताव पारितका लागि लैजाने भएको छ ।

Shikhar
NIMB

कम्पनीले आगामी पुस २८ गते बल्खुरोडमा आह्वान गरेको साधारणसभाले सञ्चालक समितिका अध्यक्षले प्रस्तुत गर्ने वार्षिक प्रतिवेदन पारित गर्नेछ । त्यस्तै साधारणसभाले लेखापरीक्षण प्रतिवेदन उपर छलफल गरि पारित गर्नेछ ।

आदर मल्टि ईन्भेष्टमेन्ट कम्पनि लिमिटेड एसिया महादेशकै पहिलो End User Based Crowd Funded Project रहेको कम्पनीको दाबी छ । महाबौद्ध क्षेत्रमा बसेर बिशेष गरी चिनिया सामानको थोक व्यापार गर्ने ५२२ जना ब्यापारीको समान लगानीमा यो कम्पनी स्थापना भएको हो ।

महाबौद्ध क्षेत्रमा यातायात, गोदाम, पार्किङ्ग, सामान ढुवानी, खुल्ला ठाउँ तथा सुरक्षा जस्ता थोक व्यापार का लागि आवश्यक न्युनतम सुविधाहरुको उपलब्धता कम हुँदै गएको तथा घर भाडा र सामान ओसार पसार मा दिन प्रतिदिन समस्या थपिन थालेकाले बिकल्पहरुको खोजी हुन थालेको थियो । त्यही क्रममा २०७२ साल बैशाख १२ गते गएको महाभुकम्पले बिकल्पको खोजीलाई अपरिहार्य आवस्यकतामा परिवर्तन गरिदिएको कम्पनीले जनाएको छ ।

महाभुकम्प पछि बिकल्पको खोजीमा थोक व्यापारी आबद्ध संघसंस्थाले तत्कालिन सरकारसँग जग्गाको प्रबन्ध गरिदिन अनुरोध गरेको थियो। राहत, उद्धार तथा पुननिर्माणमा लाग्नु परेकाले त्यतिबेला सरकारले ब्यापारीका लागि काठमाडौंमा जग्गा उपलब्ध गराउन सक्ने अवस्था थिएन । त्यही भएर कम्पनीले सरकारसँग जग्गा माग्नुको साटो सक्नेले आफ्ना लागि सकेको गर्ने अवधारणा बिकाश गरि आदर बचत तथा ऋण सहकारी संस्थामा इच्छुक व्यापारीहरुलाई आवद्ध गराएको थियो । सो अवधारणा अनुरुप बिस्तृत रुपमा द्धिपक्ष तथा बहुपक्ष छलफल गरि सहकार्यको खाका बनाएको हो ।

त्यही खाका अनुसार लगानीको बातावरण बनाएर बैंकसँगको सहकार्यमा एनआरएनका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोको कम्पनी तथा उनको परिवार का सदस्यको नाममा का.म.पा. १४, बल्खुमा भएको करीब ३६ रोपनी जग्गा खरीद गरेको छ । कम्पनीको पहिलो प्राथमिकता पारदर्शिता हो । त्यसका लागि हरेक कारोबार बैंक मार्फत भएको छ भने जग्गा खरीद प्रकृयामा तिरेको मुल्यलाई नै कारोबार मुल्य मानेर कर भुक्तानी गरिएको छ ।

कम्पनिले उक्त जग्गामा मौजुदा कानुनका अधिनमा रहि शतप्रतिशत कर भुक्तानी तथा कानुनले तोकेको दायरामा रहि आदर ट्रेड महल नामक व्यापारीक भवन निर्माण गर्दैछ । 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया