Nepal Life

प्रिमियममा आइपिओ निष्काशन गरिरहेको हिमालयन रिको नेप्सेमा पहिलो कारोबार कतिमा होला ?

Global Ime detail Page
  • BFIS News
  • 2023 Dec Mon 13:23
प्रिमियममा आइपिओ निष्काशन गरिरहेको हिमालयन रिको नेप्सेमा पहिलो कारोबार कतिमा होला ?
Sanima Reliance

काठमाडौं । सर्वसाधारणका लागि १०६ रुपैयाँ प्रिमियम सहित प्रति कित्ता २०६ रुपैयाँमा आइपिओ निष्काशन गरिएको हिमालयन रिइन्स्योरेन्स कम्पनीको दोस्रो बजारमा पहिलो कारोबार न्युनतम १०३ रुपैयाँ ७ पैसादेखि अधिकतम ३०९ रुपैयाँ २१ पैसाबाट सुरु हुनेछ ।

NIMB

कम्पनीलाई पहिलो कारोबारका लागि नेपाल स्टक एक्सचेन्जले १०३.७ रुपैयाँदेखि ३०९.२१ रुपैयाँको रेञ्ज दिनेछ । यदि पहिलो कारोबार अधिकतम रेञ्जबाट सुरु भयो भने दोस्रो बजारमा पहिलो कारोबार ३०९.२१ रुपैयाँ कायम हुनेछ ।

कम्पनीले सार्वजनिक गरेको पछिल्लो लेखापरीक्षण प्रतिवेदन अनुसार कम्पनीको प्रतिशेयर नेटवर्थ १०३.७ रुपैयाँ रहेको छ । नेपाल बीमा प्राधिकरणले कम्पनीलाई नेटवर्थको दुई गुणा अर्थात १०६ रुपैयाँ प्रिमियम सहित २०६ रुपैयाँमा प्राथमिक शेयर निष्काशन गर्न अनुमती दिएको हो ।

दोस्रो बजारमा पहिलो कारोबार गर्नका लागि पनि नेप्सेले न्युनतम मूल्य नेटवर्थ र अधिकतम मूल्य नेटवर्थको तीन गुणासम्म तय गरिदिने गरेको छ । कम्पनीले आजसम्म मात्रै सर्वसाधारणका लागि प्राथमिक शेयर निष्काशन गर्दैछ । कम्पनीले सर्वसाधारणका लागि २ करोड ४९ लाख कित्ता शेयर जारी गरेको छ ।

विहान १० बजेसम्ममा १५ लाख ३९ हजारले आवेदन दिएका छन् । जवकी कम्पनीको प्राथमिक शेयर १०/१० कित्ता भाग लगाउदा पनि २४ लाख ९० हजारले पाउछन् । कम्पनीको प्राथमिक शेयर अव न्युनतम १० कित्ता र अधिकतम २० कित्ता भन्दा धेरै पर्ने देखिदैन ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया