Nepal Life

शेयर बजार बुलिस ट्रेण्डमा: एक महिनामा २३० अंकको सुधार, नाफा बुक सँगै शेयर उठाउने रणनीति

Global Ime detail Page
  • BFIS News
  • 2023 Dec Mon 15:06
शेयर बजार बुलिस ट्रेण्डमा: एक महिनामा २३० अंकको सुधार, नाफा बुक सँगै शेयर उठाउने रणनीति
Sanima Reliance

काठमाडौं । शेयर बजार बुलिस ट्रेण्डमा देखिएको छ । सरकारले एफपिओ र मर्जरको वार्गेन पर्चेज गेनमा कर लगाउदा पनि लगानीकर्ताहरुको संयमताले बजार विस्तारै सुधार हुने संकेत देखिएको छ । विगत एक महिनाको अवधिमा नेप्से सूचक २३० अंक भन्दा धेरैले सुधार भइसकेको छ ।

NIMB

यस अवधिमा भएको सुधारलाई बुक गर्दै लगानीकर्ताले नयाँ नयाँ स्क्रिप्टमा खेलिरहेका छन् । त्यसमा पनि सस्ता कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण देखिन्छ । सर्वाधिक धेरै कारोबार हुने कम्पनीको सूचीमा सबैभन्दा सस्ता हाइड्रोपावर तथा बाणिज्य बैंकहरु छन् । यसले पनि लगानीकर्ताहरु धेरै नै संयमित देखिएको भान हुन्छ ।

सोमबार नेप्से सूचक ३८.१४ अंकले सुधार भएर २०६०.४९ अंकमा बन्द भएको छ । आज कारोबार रकम पनि ६ अर्ब ८२ करोडको भएको छ । १६१ वटा कम्पनीको शेयर मूल्यमा सुधार हुँदा ९ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । 

किन सुधार भइरहेको छ शेयर बजार ?

पछिल्लो समयको सुधारको पछाडी बैंक वित्तीय संस्थामा बढ्दै गएको तरलता र घट्दो व्याजदर नै हो । व्याजदर कोभिड १९ अगाडीकै अवस्थामा फर्किएको छ । कोभिड पछि बैंकहरुले आक्रामक रुपमा कर्जा विस्तार गर्दा व्याजदर आकासिएको थियो । विगत दुई वर्षदेखि व्याजदर माथिल्लो विन्दुमा रहेकोमा विगत ५/६ महिनादेखि तल्लो विन्दुमा झर्ने क्रम जारी छ ।

बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुले अझै पनि बैंकहरुको व्याजदर घट्ने प्रक्षेपण गर्दै आइरहेका छन् । तत्काल नयाँ कर्जा प्रवाह हुने अवस्था नदेखिएको उनिहरु बताउछन् । आर्थिक मन्दीका कारण घरजग्गा तथा अन्य क्षेत्रमा कारोबार ठप्प छ । पछिल्लो आर्थिक मन्दीमा सबैभन्दा ठुलो प्रभाव घरजग्गा कारोबारमा देखिएको छ ।

सरकारले यस अवधिमा कित्ताकाट खुलाउनेदेखि लिएर शेयर धितो कर्जामा प्रवाह हुने कर्जामा पनि खुकुलो पार्ने नीति अवलम्बन गरेको छ । यसले गर्दा आजका दिनमा बैंकहरु सँग ६ खर्ब भन्दा धेरै बैंकिङ तरलता रहेको छ । एकै पटक ६ खर्ब तरलता प्रवाह हुने अवस्था देखिदैन । अर्को तर्फ वैदेशिक रोजगारमा गएका नेपालीले पठाउने रेमिट्यान्सले बैंकिङ प्रणालीमा निक्षेप बढ्दो क्रममा छन् ।

आन्तरिक रुपमा व्यापार व्यवसाय ठप्प भए पनि बाह्य रुपमा आउने निक्षेपले पनि केहि सहजता प्रदान गरेको छ । विश्व बैंक तथा एशियाली विकास बैंकले चालु आर्थिक वर्षमा नेपालको आर्थिक बृद्धिदर ५/६ प्रतिशत हाराहारीमा रहनेछ अनुमान गरिसकेको छ । यसले पनि अर्थतन्त्रमा क्रमिक सुधार हुने संकेत देखिइसकेको छ ।

नेपालमा पर्यटक भित्रिने क्रम विस्तारै बढ्दै गएको छ । सरकारले उठाउने राजश्व पनि विगतका वर्षको तुलनामा बढ्दै गएको छ । राजश्वको हिस्सा बढ्दै जादा सँग बजेट खर्च गर्न सक्ने क्षमता पनि बढ्दै छ । जति धेरै बजेट खर्च हुन्छ बजारमा त्यहि अनुसार पैसा पनि आउन थाल्ने भएकाले बजार चलायमान हुने अनुमान गरिएको छ । यसले गर्दा अवको दुई वर्ष शेयर बजार बुलिस ट्रेण्डमा जाने देखिन्छ ।

पछिल्लो एक दशकको शेयर बजारको ट्रेण्डलाई हेर्ने हो भने २ वर्ष बुलिस र २ वर्ष वियरिस देखिएको छ । वियरिस सकिएर बुलिस मुडमा शेयर बजार अगाडी बढेको हुँदा अवको एक वर्षमा शेयर बजारले नयाँ रेकर्ड बनाउनेछ । जसले गर्दा लगानीकर्ताहरु सक्रिय देखिएका छन् ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया