Nepal Life

लगानीकर्ताको सर्वाधिक आकर्षणमा परेको हाथवे इन्भेष्टमेन्टको पहिलो लाभांश घोषणा, १० प्रतिशत बोनस शेयर

NMB Bank
  • BFIS News
  • 2023 Dec 19 10:15
लगानीकर्ताको सर्वाधिक आकर्षणमा परेको हाथवे इन्भेष्टमेन्टको पहिलो लाभांश घोषणा, १० प्रतिशत बोनस शेयर
National Life

काठमाडौं । लगानीकर्ताको सर्वाधिक आकर्षणमा परेको हाथवे इन्भेष्टमेन्ट कम्पनीले पहिलो प्राथमिक शेयर निष्काशन गरेको पहिलो वर्षमै लाभांश घोषणा गरेको छ । कम्पनीले हाल कामय चुक्ता पूँजीको १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। सोमध्ये १० प्रतिशत बोनस शेयर रहेको छ भने ०.५२६ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश रहेको छ।

Shikhar
NIMB

पुस २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। सो प्रस्ताव पारित गर्न कम्पनीले पुस २६ गते, बिहीबार लैनचौर ब्याङ्क्वेट, लैनचौर काठमाडौँमा १५ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान १० बजे शुरु हुनेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १२ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस ११ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया