Nepal Life

नयाँ स्टक एक्सचेन्जको प्रकृयाबाट सरकार पछाडी हट्यो, धितोपत्र बोर्डको पत्र अर्थले फिर्ता पठाइदियो

Global Ime detail Page
  • BFIS News
  • 2023 Dec Tue 15:06
नयाँ स्टक एक्सचेन्जको प्रकृयाबाट सरकार पछाडी हट्यो, धितोपत्र बोर्डको पत्र अर्थले फिर्ता पठाइदियो
Sanima Reliance

काठमाडौं ।अर्थमन्त्रालयले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रकृयाँ रोकेको छ । मन्त्रालयले आजै मन्त्रिपरिषदबाट लाइसेन्सको प्रस्ताव लैजाने भनेर निर्णय गर्ने तयारीमा थियो । तर मन्त्रालयले नेपाल धितोपत्र बोर्डले पेश गरेको पत्रलाई फिर्ता गरिदिएको छ । 

NIMB

नेपाल धितोपत्र बोर्डले लाइसेन्स प्रकृयाँ अगाडी बढार अन्तिम निर्णयका लागि सरकारमा पत्र पठाएको थियो । यसरी मन्त्रालयले पत्र फिर्ता गरे सँगै अहिलेलाई लाइसेन्स दिने काम रोकिएको छ भने अझै प्रकैयाँ लम्बिने देखिएको छ । 

सेबोनको गत शुक्रबार बसेको संचालक समिति बैठकले स्टक एक्सचेन्जको प्रक्रिया अगाडि बढाउन आग्रह गर्ने निर्णय गरेको थियो । अर्थको पत्रपछि सेबोन अध्यक्ष रमेशकुमार हमालले मंगलबार नै संचालक समिति बैठक डाकेर प्रष्टीकरण पठाउन खोजेका थिए। लाइसेन्स बाँड्दा सरकारको लोकप्रियता घट्ने र विवादमा आउने देखिए पछि सरकार पछाडी हटेको बुझिएको छ । 

नेपाल धितोपत्र बोर्डले एउटा स्टक एक्सचेन्ज र दुई वटा कमोडीटी एक्सचेन्जको लाइसेन्स प्रकृयाँ अगाडी बढाएको थियो । कमोडिटी एक्सचेन्जका विषयमा खासै विवाद नरहे पछि नयाँ स्टक एक्सचेन्जको विषयमा भने चर्को विरोध हुँदै आइरहेको छ । यसै घानमा नयाँ कमोडिटी एक्सचेन्ज आउने बाटो पनि बन्द हुँदै आइरहेको छ । 

यो पनि पढ्नुहोस्

अर्को एक्सचेन्ज ल्याउनु कत्तीको जायज ? आखिर नयाँ स्टक एक्सचेन्ज कसका लागि ?

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया