Nepal Life

शेयर बजार तिब्र गतिले बढ्न थाल्यो, मंगलबार ४५ अंकको सुधार सँगै २१०० नाघ्यो

Global Ime detail Page
  • BFIS News
  • 2023 Dec Tue 15:17
शेयर बजार तिब्र गतिले बढ्न थाल्यो, मंगलबार ४५ अंकको सुधार सँगै २१०० नाघ्यो
Sanima Reliance

काठमाडौं । शेयर बजार तिव्र गतिमा बढ्न थालेको छ । हरेक दिनको सुधार सँगै नेप्से सूचक मंगलबार २१०६ दशमलब ४८ अंक कायम भएको छ । सूचकमा सुधार सँगै कारोबार रकम पनि ५ अर्ब ९८ करोड रुपैयाँको भएको छ । 

NIMB

कारोबारको सुरुवातमा केहि घटे पछि केहि समयमै रिकभर भएर सुधार हुन थालेको थियो । आज १८३ वटा कम्पनीको शेयर मूल्यमा सुधार देखिएको छ । ११ वटा कम्पनीको शेयर मूल्य सर्वाधिक धेरै बढ्ने क्रममा सकारात्मक सर्किट लागेको छ । लगानीकर्ताले डिवेन्चर बिक्री गरेर शेयर खरिद गर्न थालेका छन् । 

बजारमा साना ठुला सबै लगानीकर्ताको सहभागीता बढ्न थालेको छ । बैंक व्याजदर लगातार घट्दै गर्दा लगानीकर्तामा उत्साह थपिएको हो । अझै केहि समय व्याजदर नबढ्ने आकलनले पनि शेयर बजारमा सुधार देखिदै आएको छ । तत्काल नयाँ क्षेत्रमा कर्जा प्रवाह हुन नसकेकाले पनि लगानीकर्ताको ध्यान शेयर बजारमा केन्द्रित हुन थालेको हो । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया