Nepal Life

हिमालयन रिको आइपिओ दोस्रो बजारमा कारोबार सुरु भएको दिनदेखि लगातार ९ दिनसम्म सर्किट लाग्न सक्ने

Global Ime detail Page
  • BFIS News
  • 2023 Dec Tue 20:23
हिमालयन रिको आइपिओ दोस्रो बजारमा कारोबार सुरु भएको दिनदेखि लगातार ९ दिनसम्म सर्किट लाग्न सक्ने
Sanima Reliance

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीको प्राथमिक शेयर दोस्रो बजारमा सूचिकृत भएको दिनदेखि लगातार ९ दिनसम्म सकारात्मक सर्किट लाग्न सक्ने देखिएको छ । हिमालयन रिइन्स्योरेन्स जस्तै अर्को रिइन्स्योरेन्स कम्पनी नेपाल पुनर्बीमा कम्पनीको शेयर मूल्य ७१३ रुपैयाँ रहेको छ । 

NIMB

नेपाल पुनर्बीमा कम्पनीको मूल्य हाराहारी पुग्नका लागि कम्पनीको शेयर मूल्यमा लगातार ९ दिनसम्म सकारात्मक सर्किट लाग्नु पर्नेछ । हिमालयन रिइन्स्योरेन्स कम्पनीले पहिलो कारोबारका लागि न्युनतम १०३ रुपैयाँ ७ पैसादेखि अधिकतम ३०९ रुपैयाँ २१ पैसा पाउनेछ । यदि पहिलो कारोबार अधिकतम रेञ्ज ३०९.२१ रुपैयाँबाट सुरु भयो भने कम्तिमा पनि ८ कारोबार दिन सकारात्मक सर्किट लाग्नेछ ।  

हिमालयन रिको प्रतिस्पर्धी नेपाल पुनर्बीमा कम्पनीको शेयर मूल्य एक वर्षको अवधिमा न्युनतम ५८५ रुपैयाँ र अधिकतम ९२७ रुपैयाँसम्म पुगेको छ । आज कम्पनीको शेयर मूल्य ७१३ रुपैयाँ छ । शेयर बजार बुलिस ट्रेडमा रहेको हुँदा यो मूल्य अझै बढ्नेछ । 

नेपाल बीमा प्राधिकरणले डेढ वर्ष अगाडी जीवन र निर्जीवन बीमा कम्पनीको पूँजी बढाउदा पुनर्बीमाको बढाएको थिएन । त्यतिवेलै हिमालयन रिले आइपिओ निष्काशन गरेेपछि मात्रै पुनर्बीमा कम्पनी लागि क्यापिटल बढाउने प्राधिकरणको योजना छ । यदि प्राधिकरणले नेपाल पुनर्बीमा कम्पनीलाई लक्षित गरेर क्यापिटल बढाउने नीति लियो भने हिमालयन रिको शेयर मूल्यमा थप सुधार देखिनेछ ।

 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया