Nepal Life

नेप्सेमा तीन कम्पनीको आइपिओ सुचिकृत

Global Ime detail Page
  • BFIS News
  • 2023 Dec Wed 16:34
नेप्सेमा तीन कम्पनीको आइपिओ सुचिकृत
Sanima Reliance

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा नेपाल वेयरहाउजिङ कम्पनी, भिजन लुम्बिनी उर्जा र चिरख्वा हाइड्रोपावरको आइपिओ सुचिकृत भएको हो।

NIMB

नेपाल वेयरहाउजिङको संस्थापक र सर्वसाधारण समूहको गरि कुल ६८ लाख ७५ हजार कित्ता आइपिओ शेयर सुचकितृ भएको छ । नेप्सेले कम्पनीलाई पहिलो कारोबारको लागि ९३.०४ रुपैयाँ देखि २७९.१२ रुपैयाँ सम्मको ओपनिङ रेन्ज र NWCL कारोवार संकेत दिएको छ। 

चिरख्वा हाइड्रोपावरको संस्थापक र सर्वसाधारण समूहको गरि ४० लाख कित्ता साधारण शेयर सुचिकृत भएको छ । नेप्सेले पहिलो कारोबारको लागि कम्पनीलाई १००.०१ रुपैयाँ देखि ३००.०३ रुपैयाँ सम्मको ओपनिङ रेन्ज र CKHL कारोवार संकेत दिएको छ। 

त्यस्तै, लुम्बिनी भिजन उर्जा कम्पनीको संस्थापक र सर्वसाधारण समूहको गरि कुल १ करोड ९१ लाख २५ हजार कित्ता आइपिओ शेयर सुचिकृत भएको छ । नेप्सेले पहिलो कारोबारको लागि कम्पनीलाई २२१.७८ रुपैयाँ देखि ३६५.३४ रुपैयाँ सम्मको ओपनिङ रेन्ज र VLUCL कारोवार संकेत दिएको छ। 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया