Nepal Life

२४ कम्पनीले १६ अर्ब ७७ करोडको आइपिओ निष्काशन गर्दै, कुन कम्पनीको कति ? (सूचिसहित)

Global Ime detail Page
  • BFIS News
  • 2023 Dec Wed 21:06
२४ कम्पनीले १६ अर्ब ७७ करोडको आइपिओ निष्काशन गर्दै, कुन कम्पनीको कति ? (सूचिसहित)
Sanima Reliance

काठमाडौं । २४ वटा कम्पनीले १६ अर्ब ७७ करोड भन्दा धेरैको आइपिओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । धितोपत्र बोर्डका अनुसार ११ करोड ८९ लाख कित्ता शेयर निष्काशनका लागि निवेदन दिएका छन् ।

NIMB

जस मध्ये तीन वटा कम्पनीले प्रिमियममा शेयर जारी गर्ने भएका छन् । सर्वोत्तम सिमेन्टले बुक विल्डिङ विधिबाट पहिलो पटक प्राथमिक शेयर निष्काशन प्रकृया अगाडी बढाएको हो । कम्पनीले बुक विल्डिङ विधिबाट प्रतिकित्ता ३६०.९० रुपैयाँ दर निर्धारण गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा र सर्वसाधारणका लागि ३६ लाख कित्ता शेयर बिक्री गर्दैछ । रिलायन्स स्पिनिङ मिलले पनि बुक विल्डिङ विधिबाट प्राथमिक शेयर निष्काशन गर्दैछ । कम्पनीले सर्वसाधारणका लागि ७ लाख ७० हजार ६४० कित्ता शेयर जारी गर्दैछ ।

जगदम्बा स्टिल्सले भने प्रिमियम सहित प्रति कित्ता ३०० रुपैयाँको दरमा २ करोड कित्ता शेयर जारी गरेको छ । कम्पनीले प्राथमिक शेयर जारी गरेर ६ अर्ब २ करोड रुपैयाँ उठाउने छ । २४ वटा कम्पनी मध्ये ९ वटा जलविद्युत कम्पनी छन् ।

प्रिमियममा शेयर जारी गर्न पाउने भए पछि उत्पादन तथा प्रशोधनमुलक कम्पनीको आकर्षण बढेको छ । प्राथमिक बजारबाटै राम्रो पैसा उठाउन मिल्ने भए पछि यस्ता कम्पनीहरु आकर्षित भएका हुन् । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हालको कार्यकाल सकिन थालेकाले गएको कात्तिकदेखि नै प्राथमिक शेयरको अनुमति बन्द छ । बोर्डका अध्यक्षको विषयमा अझै सरकारले टुङ्गो लगाउन सकेको छैन ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया