Nepal Life

दुई साताको लगातार सुधार पछि करेक्सन, लगानीकर्ताले नाफा बुक गर्दा ३२.७७ अंकको गिरावट

Global Ime detail Page
  • BFIS News
  • 2023 Dec Thu 15:06
दुई साताको लगातार सुधार पछि करेक्सन, लगानीकर्ताले नाफा बुक गर्दा ३२.७७ अंकको गिरावट
Sanima Reliance

काठमाडौं । दुई सातादेखि लगातार बढिरहेको शेयर बजारमा आज करेक्सन भएको छ । लगातार बढिहरेको शेयर बजारबाट लगानीकर्ताले नाफा बुक गर्दा ३२.७७ अंकले घटेको छ ।  

NIMB

यस अवधिमा लगानीकर्ताले राम्रो नाफा गरेर शेयर बिक्री गरेका छन् । गएका दिनमा इन्ट्रा डे करेक्सन हुँदै आएको थियो । तर आज भने लगानीकर्ताले पुराना लगानीकर्ताले नाफा बुक गरेका छन् भने बजार घटेको भन्दै एउटा समुह प्रवेश गरेको छ । जसले बजार बढेको मात्रै देखिरहेका थिए । उनिहरु शेयर बजारमा करेक्सन कुरेर बसिरहेका थिए । आज ६ अर्ब २७ करोडको कारोबार भएको छ । नाफा बुक गर्ने सँग नयाँ लगानीकर्ताले राम्रै वार्गेनिङ गरेका छन् ।

आज नेप्से सूचक ३२.७७ अंकले घटेर २१०९.१० अंकमा झरेको छ । ५० वटा कम्पनीको शेयर मूल्यमा सुधार हुँदा १९१ वटा कम्पनीको शेयर मूल्यमा भने गिरावट आएको छ । बजार घट्दा पनि १० कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । उत्पादन तथा प्रशोधनमुलक र ट्रेडिङको सूचक बाहेक सबैमा गिरावट देखिएको छ । विकास बैंक र फाइनान्समा सर्वाधिक धेरै गिरावट देखिएको छ ।  

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया