Nepal Life

धितोपत्र बोर्ड र लेखामान बोर्ड विच कम्पनीहरुको वित्तीय विवरणमा एकरुपता कायम गर्ने सहमति

Global Ime detail Page
  • BFIS News
  • 2023 Dec Thu 16:04
धितोपत्र बोर्ड र लेखामान बोर्ड विच कम्पनीहरुको वित्तीय विवरणमा एकरुपता कायम गर्ने सहमति
Sanima Reliance

काठमाडौं । नेपाल धितोपत्र बोर्ड र लेखामान बोर्ड विच शेयर बजार सँग सम्बन्धित कम्पनीहरुको वित्तीय विवरणमा एकरुपमता कायम गर्ने विषयमा सहमति भएको छ । धितोपत्र बजारसंग सम्बन्धित संगठित संस्थाको विवरण प्रवाहमा एकरूपता तथा पारदर्शिता कायम गर्न प्रतिवेदन मान (Reporting Standard) हरूमा एकरूपता कायम गर्न लेखामान बोर्ड र नेपाल धितोपत्र बोर्ड बीच एमओयु सम्पन्न भएको छ ।

 

NIMB

उक्त्त एमओयुमा नेपाल धितोपत्र बोर्डको तर्फबाट अध्यक्ष रमेश कुमार हमाल र लेखामान बोर्डको तर्फबाट अध्यक्ष प्रकाश जंग थापाले हस्ताक्षर गरेका छन् ।

उक्त्त एमओयुको मुख्य उद्देश्यमा विशेष गरर नेपालमा Nepal Sustainability Reporting Standards (NSRS) को

विकास तथा कार्यान्वयन गर्ने विषय समावेश गरिएको छ । नेपालको सन्दर्भमा Sustainability Reporting

नविन अवधारणा हो । जसले व्यवसायिक अभ्यासहरु वातावरण वा समाजका लागि मात्र नभइ व्यापारको लागि पनि राम्रो हुन्छ भन्ने कुरा प्रस्तुत गर्दै वातावरणीय जिम्मेवाररी समाजिक उत्तरदायित्व सुशासनको पूर्ती र जवाफदेहिताको जानकारी सुनिश्चित गर्नेछ । Nepal Sustainability Reporting Standards (NSRS) विकास गर्ने मूख्य भुमिका लेखामान बोर्डको हुनेछ भने नेपाल धितोपत्र बोर्डले सो मान कार्यान्वयन गर्ने आवश्यक भुमिका निर्वाह गर्नेछ ।

लेखामान बोर्डले सो मानहरुसँग सम्बन्धित प्राविधिक विषयहरुमा नेपाल धितोपत्र बोर्डलाई आवश्यक सहयोग गर्नेछ । जुनाइ २०२३ मा International Organization of Securities Commissions (IOSCO) ले ISSB बाट जारी भएका IFRS S1 र IFRS S2 लाई समर्थन गर्दै आफ्ना सदश्यहरुलाई उक्त मानहरु लागू गर्न बह्वान गरेको छ । नेपाल धितोपत्र बोर्ड IOSCO को सदस्य (Associate Member) रहेकालेसो मानहरु लागूगनड प्रधतबद्धता जनाएको छ। साथैSustainable Development Goals (SDGs) 12 Responsible Consumption and Production मा Sustainability Reporting लागु गरेर दिगो उपभोग र उत्पादन सुनिश्चित गर्नु पर्ने प्रधावन रहेको छ । नेपाल Sustainable Development Goals (SDGs) प्रति प्रतिवद्ध रहेको हुनाले यो सम्झौतालाई महत्पुर्ण रुपमा लिइएकव बोर्डले जनाएको छ । नेपालका लागि मानहरु (Standards) तयार गर्ने जिम्मेवारी लेखमान बोर्डको रहेको हुँदा आगामी आर्थिक वर्ष २०८०/८१ भित्र Nepal Sustainability Reporting Standards (NSRS) को विकास गर्ने कार्ययोजना अनुसार लेखामान बोर्डका अध्यक्ष अध्यक्ष प्रकाश जंग थापाको अध्यक्षतामा विभिन्न नियकाका प्रतिनिधि रहेको Nepal Sustainability Disclosure Standards विकास समिति गठन गरेको छ । उक्त समितिमा नेपाल धितोपत्र बोर्डको समेत प्रतिनिधित्व रहेको छ ।

धितोपत्र बजार सम्बद्ध संगठित संस्थाहरूबाट प्रवाहित हुनुपर्ने सूचना तथा जानकारीहरु अन्तर्राष्ट्रिय रुपमा प्रचलित असल अभ्यास (Good Practices) हुनुपर्नेमा धितोपत्र बोर्ड सदैव सचेत रहेको र सोही अनुसार नेपालमा समेत यस्ता अभ्यास अनुसार कार्य गर्न धितोपत्र बोर्ड प्रतिवद्ध रहेको बोर्डले जनाएको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया