NIMB Header 2
Nepal Life

आइपिओ निष्काशनका क्रममा विवादमा परेको घोराहीको लाभांश घोषणा, सर्वसाधारण सँग उठाएको प्रिमियमबाट १५ % बोनस शेयर दिने

National Life
  • BFIS News
  • 2023 Dec 22 10:08
आइपिओ निष्काशनका क्रममा विवादमा परेको घोराहीको लाभांश घोषणा, सर्वसाधारण सँग उठाएको प्रिमियमबाट १५ % बोनस शेयर दिने
Sanima Reliance

काठमाडौं । प्रिमियममा प्राथमिक शेयर निष्काशन गर्ने क्रममा सर्वाधिक विवादमा आएको घोराहीले पहिलो वर्षमै शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर दिने घोषणा गरेको छ । कम्पनीले सर्वसाधारण शेयरधनीहरुसँग उठाएको प्रिमियमबाट बोनस शेयर दिन थालेको हो । 

Shikhar
NIMB

कम्पनीले लाभांशको प्रस्ताव सहित आगामी पुस २८ गते दाङ जिल्ला घोराही उप महानगरपालिका वडा नं. १५ भरतपुरमा अवस्थित होटल पौवामा तेस्रो वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ९ बजे शुरु हुनेछ।

सभाले हाल कामय चुक्ता पूँजीको १५ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने र सो बोनस शेयर वितरण गर्दा हुन आउने खंडित शेयरलाई पछि समायोजवना गर्ने गरी यथावत राख्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यसैगरी, सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, कम्पनीका आधारभुत शेयरधनीहरु वा सञ्चचालक सबद्ध रहेको संस्थासँग कम्पनीले गरेको कारोबार विवरणलाई अनुमोदन गर्ने, सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालकको निर्वाचन गर्ने, स्वतन्त्र सञ्चालक नियुक्त गर्ने, लेखपारीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १६ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस १२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया