Nepal Life

सुनको भाउ २ हजारले बढ्यो, फेडको व्याजदर कटौती गर्ने संकेतको प्रभाव : नयाँ रेकर्ड बनाउदै

Global Ime detail Page
  • BFIS News
  • 2023 Dec Fri 11:24
सुनको भाउ २ हजारले बढ्यो, फेडको व्याजदर कटौती गर्ने संकेतको प्रभाव : नयाँ रेकर्ड बनाउदै
Sanima Reliance

काठमाडौं । यस साता सुनको भाउ तोलाको २ हजार रुपैयाँले बढेको छ । आज शुक्रवार पनि सुनको भाउ प्रतितोला १३ सय ५० रुपैयाँले बृद्धि भएको हो । नेपाली बजारमा शुक्रवार सुनको कारोबार प्रतोलता एक लाख १९ हजार ८०० रुपैयाँका दरले कारोबार भइरहेको छ ।

NIMB

यो साता विश्व  बजारमा सुनको मूत्य बढेको छ । अमेरिकी रिजर्भ बैंक फेडले व्याजदर कटौती गर्ने नीति लिएसँग बढेको सुनको मूल्यमा विभिन्न मुलुकमा जारी द्धन्दले थप प्रभाव पारेको विश्लेषकहरुले बताएका छन् । उनिहरुले अंग्रेजी नयाँ वर्षमा सुनको मूल्यले रेकर्ड कायम गर्न सक्ने आकलन समेत गरेका छन् ।

नेपाली बजारमा पनि यो साता सुनको मूल्य बढेको छ । साताको पहिलो दिन आइतबार प्रति १० ग्राम एक लाख ९ सय ९५ रुपैयाँ रहेको सुनको मूल्य साताको पछिल्लो कारोबार भएको दिन शुक्रवार १ लाख २ हजार ७ सय १० कायम भएको छ । जुन साताको पहिलो दिनको तुलनामा अन्तिम दिन प्रति १० ग्राम एक हजार १५ रुपैयाँले बढि हो ।

यस साता नेपाली बजारमा चाँदीको मूल्य पनि बढेको छ । साताको पहिलो दिन आइतबार एक हजार २ सय ४७ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य साताको अन्तिम दिन कारोबार भएको दिन शुक्रवार प्रति १० ग्राम एक हजार २ सय ७३ रुपैयाँ कायम भएको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया