NIMB Header 2
Nepal Life

धितोपत्र बोर्डबाट सर्वोत्तम सिमेन्टको आईपीओ स्वीकृत, पहिला वैदेशिक रोजगारमा गएका नेपालीलाई

National Life
  • BFIS News
  • 2023 Dec 22 12:04
धितोपत्र बोर्डबाट सर्वोत्तम सिमेन्टको आईपीओ स्वीकृत, पहिला वैदेशिक रोजगारमा गएका नेपालीलाई
Sanima Reliance

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सर्वोत्तम सिमेन्टलाई प्राथमिक शेयर आईपीओ निष्कासन गर्ने अनुमति प्रदान गरेको छ। बुक विल्डिङ विधिबाट मूल्य निर्धारण गरिसकेको कम्पनीले अव सर्वसाधारणका लागि लागि आह्वान गर्नेछ ।

Shikhar
NIMB

कम्पनीले गएको मंसिर १८ गते धितोपत्र बोर्डमा आईपीओ निष्काशनको लागि निवेदन दिएको थियो । बोर्डले कम्पनीलाई प्रतिकित्ता ३६०.९० रुपैयाँका दरले ३६ लाख कित्ता आईपीओ बिक्री अनुमति दिएको छ । 

अब उक्त रुपैयाँका दरले कम्पनीले १ अर्ब २९ करोड ९२ लाख ४० हजार रुपैयाँ बराबरको ३६ लाख किता आईपीओ निष्कासन गर्नेछ । सुरुवाती समयमा बुक विल्डिङ विधिमा योग्य संस्थागत लगानीकर्ताले बोलकबोलमार्फत् सेयर पाएको भएता पनि त्यसपछिको प्रक्रिया भने नियमित सेयर निष्कासन झै नै हुने छ । अब कम्पनीले सबैभन्दा पहिला स्थानीय र वैदेशकि रोजगारमा रहेकालाई सेयर निष्कासन गर्ने छ। त्यसपछि मात्र कम्पनीले सर्वसाधारणलाई आईपीओ निष्कासन गर्नेछ ।

अरू कम्पनीको प्राथममिक सेयरमा १० कित्ता आवेदन दिन सकिने भएता पनि कम्पनीको आईपीओमा भने ५० कित्ताभन्दा कम आवेदन दिन पाइने छैन। जसले गर्दा ५० कित्ताका लागि आवेदन दिन पनि १८ हजार ४५ रुपैयाँ जोहो गर्नुपर्दछ ।

बुक विल्डिङ विधिमा योग्य संस्थागत लगानीकर्तामा निर्धारण भएको कटअफ मूल्यमा १० प्रतिशत मूल्य घटाएर सर्वसाधारणमा आईपीओ निष्कासन हुने धितोपत्र बोर्डले बताएको  छ ।सोही व्यवस्थाबमोजिम कम्पनीले सर्वसाधारणमा आईपीओ बिक्री गर्न लागेको हो ।

नेपालमा पहिलो पटक बुक विल्डिङ प्रक्रियाबाट  कम्पनीले आईपीओ बिक्री गरेको हो ।धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड छ ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया