Nepal Life

नयाँ स्टकको विषयमा धितोपत्र बोर्डले अर्थ मन्त्रालयलाई पठायो जवाफ, 'थप अध्ययन आवश्यक छैन'

Global Ime detail Page
  • BFIS News
  • 2023 Dec Fri 16:50
नयाँ स्टकको विषयमा धितोपत्र बोर्डले अर्थ मन्त्रालयलाई पठायो जवाफ, 'थप अध्ययन आवश्यक छैन'
Sanima Reliance

काठमाडौं । नेपाल धितोपत्र बोर्ड सञ्चालक समितिले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्सका लागि थप अध्ययन गर्नु नपर्ने भन्दै आवश्यक निर्णय गरिदिन सरकारलाई अनुरोध गर्ने भएको छ ।

NIMB

शुक्रबार बिहान बसेको सञ्चालक समितिको बैठकले बोर्डले अध्ययन गरेर नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स प्रक्रिया अगाडि बढाएकोले आवश्यक निर्णय गरिदिने अर्थ मन्त्रालय मार्फत नेपाल सरकारलाई आग्रह गर्ने निर्णय गरेको छ । 

२८ वैशाखमा नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले थप अध्ययन गर्नुपर्ने भन्दै स्टक एक्सचेञ्जको लाइसेन्स प्रक्रिया रोक्न नेपाल धितनोपत्र बोर्डलाई निर्देशन दिएको थियो । सोही अनुसार बोर्ड सञ्चालक समितिले लाइसेन्स प्रक्रिया रोक्न निर्णय गरेको थियो ।

स्कट एक्सचेञ्जको लाइसेन्स प्रक्रिया रोक्न निर्देशन दिएको ७ महिनासम्म पनि कुनै निर्णय नभएपछि गत शुक्रबार बसेको बोर्ड सञ्चालक समितिको बैठकले स्टक एक्सचेञ्जको लाइसेन्सको विषयमा आवश्यक निर्णय गरिदिन भन्दै अर्थ मन्त्रालयलाई पत्राचार गरेको थियो ।

अर्थ मन्त्रालयले बोर्डको पत्रलाई थप स्पस्ट बनाउन भन्दै मन्त्रिपरिषद्‍मा नलगी धितोपत्र बोर्डमा फिर्ता पठाएको थियो । स्टक एक्सचेञ्जको लाइसेन्सका लागि अध्ययन गर्न आवश्यक छ कि छैन भनेर समेत मन्त्रालय बोर्डसँग स्पस्ट हुन खोजेको थियो ।

साथै अर्थ मन्त्रालय नभई मन्त्रिपरिषद्ले निर्णय गर्नुपर्ने भएकोले सोही अनुसारको पत्र पठाउन भन्दै मन्त्रालयले बोर्डलाई पत्र फिर्ता पठाएको थियो । मन्त्रालयले अध्ययन आवश्यक छ कि छैन भनेर स्पष्ट पार्न भनेपछि बुधबार बिहान धितोपत्र बोर्डको सञ्चालक समितिको बैठक बसेको थियो ।

उक्त बैठकमा अर्थ मन्त्रालयको पत्रको जवाफका सम्बन्धमा छलफल गरी बोर्डको व्यवस्थापनको अधिकारीलाई निर्णयको माइन्युट तयार गर्नेगरी छलफल सकिएको थियो । तर, उक्त निर्णयमा माइन्युट हुन अलमल भएपनि शुक्रबार सोही विषय सहित अन्य एजेण्डमा समेत छलफल गर्नेगरी बोर्ड सञ्चालक समितिको बैठक बसेको थियो ।

बोर्डले अध्ययन गरेर लाइसेन्स दिन लागेको भन्दै थप अध्ययन गर्न आवश्यक नरहेको र नेपाल सरकारले अध्ययन गर्न आवश्यक देखेमा सोही अनुसारको निर्णय गर्न आग्रह गर्दै अर्थ मन्त्रालय मार्फत पत्र पठाउने निर्णय भएको छ ।

अब नेपाल सरकार मन्त्रिपरिषद्ले लाइसेन्स प्रक्रिया अगाडि बढाउन निर्देशन दिएमा बोर्डले प्रक्रिया अगाडि बढाउनेछ । यदि थप अध्ययन गर्ने भनेर अध्ययन समिति गठन गरेमा भने केही समय लाग्नेछ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया