Nepal Life

नेप्सेको ६४ प्रतिशत लाभांश घोषणा, डाक्यो वार्षिक साधारणसभा

NMB Bank
  • BFIS News
  • 2023 Dec 23 09:49
नेप्सेको ६४ प्रतिशत लाभांश घोषणा, डाक्यो वार्षिक साधारणसभा
National Life

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड नेप्सेले यस वर्ष ६४ प्रतिशत लाभांश दिने भएको छ । शुक्रवार बसेको सञ्चालक समितिको बैठकले लाभांशको प्रस्ताव सँगै आगामी पुस २९ गते ४२ औं वार्षिक साधारणसभा आह्वान गरेको छ । 

Shikhar
NIMB

सञ्चालक समितिले प्रस्ताव गरेअनुरूप नेप्सेको चुक्ता पुँजी एक अर्ब रुपैयाँको ६४ प्रतिशतका दरले हुन आउने  ६४ करोड रुपैयाँ नगद लाभांश (नियमानुसार लाग्ने करसहित) वितरण गर्न सभाले स्वीकृति प्रदान गर्ने छ। नेप्सेले आर्थिक वर्ष २०७८/७९ मा शतप्रतिशत लाभांश वितरण गरेको थियो।

साधारण सभाले नेप्सेको पूर्णस्वामित्व रहेको सहायक कम्पनी  सीडीएस एन्ड क्लियरिङ लिमिटेडको वित्त्तीय विवरणसहितको प्रतिवेदन स्वीकृत गर्ने छ।  

सभामा आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षण प्रतिवेदनसहितको वित्तीय विवरण, नाफा नोक्सान तथा अन्य आयको विवरण, इक्वीटिमा भएको परिवर्तन सम्बन्धी विवरण, नगद प्रवाह विवरण र सोसँग सम्बन्धित अनुसूची उपर छलफल गरी पारित गर्ने प्रस्ताव छ।

नेप्सेमा सर्वाधिक लगानी सरकारको छ। नेपाल सरकारको ५८.६६, नेपाल राष्ट्र बैंकको १४.६० र कर्मचारी सञ्चय कोषको १० प्रतिशत लगानी छ। त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकको ६.१४ प्रतिशत, लक्ष्मी र प्रभु बैंकको ५/५ प्रतिशत र सेयर ब्रोकर कम्पनीहरुको ०.६० प्रतिशत लगानी छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया