Nepal Life

बढ्दो शेयर बजारमा नाफा बुक गर्न हतारिदा उल्टै घट्यो, पोर्टफेलियो परिवर्तन गर्दा ७ अर्ब ११ करोडको कारोबार

Global Ime detail Page
  • BFIS News
  • 2023 Dec Sun 15:10
बढ्दो शेयर बजारमा नाफा बुक गर्न हतारिदा उल्टै घट्यो, पोर्टफेलियो परिवर्तन गर्दा ७ अर्ब ११ करोडको कारोबार
Sanima Reliance

काठमाडौं । बढ्दो क्रममा रहेको शेयरमा बजारमा लगानीकर्ताले नाफा बुक गर्न खोज्दा शेयर बजार उल्टै घटेको छ । साताको पहिलो दिन सुरुवाति अवस्थामा बजार सुधार हुने संकेत देखिए पनि कारोबारको मध्य अवधिमा लगानीकर्ताले नाफा बुक गर्न खोज्दा अन्तिममा २१.०३ अंकले घटेर बन्दभएको छ । 

NIMB

आज नेप्से सूचक घटेर २०८८.०७ अंकमा झरेको छ । सूचक घटे पनि कारोबार रकम भने कारोबार रकम भने ७ अर्ब ११ करोडको भएको छ । आज लगानीकर्ताले घट्दो मूल्यमै बिक्री गरेर नाफा बुक गरेका छन् । अर्को तर्फ बजार आगामी दिनमा सुधार हुने भन्दै लगानीकर्ताहरुले तल्लो मूल्यमै उठाएका छन् । 

नाफा बुक गर्नेलाई वार्गेनिङ गर्दै ठुला तथा पछिल्लो समय बजार प्रवेश गरेका लगानीकर्ताले बिक्री गरेका हुन् । हाइड्रोपाव, बीमा र अन्य सूचक बाहेक सबै घटेका छन् । ७९ वटा कम्पनीको शेयर मूल्यमा सुधार हुँदा १६१ वटा कम्पनीको शेयर मूल्य भने घटेको छ । 

आज तीन वटा कम्पनीको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ भने १३ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । हिजोका दिनमा सर्वाधिक धेरै मूल्य बढेका कम्पनीको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ शेयर मूल्य तल्लो विन्दुमा भएका कम्पनीको शेयर मूल्यमा आक्रामक बाइङ भएको छ । 

यसले पनि के पुष्टी गर्छ भने आज हिजोका दिनमा राम्रो नाफा भएका कम्पनीको शेयर बिक्री गरेर सस्ता कम्पनीको शेयरमा लगानी भएको छ । लगानीकर्ताहरुले नाफा बुक सँगै सस्ता कम्पनीमा थप लगानी गरेकाले बजार एकुमुलेसनको चरणमा रहेको देखिएको छ । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया