NIMB Header 2
Nepal Life

यि हुन बजार घट्दा पनि सर्वाधिक धेरै बढेर सर्किट लाग्ने कम्पनी, हाइड्रोपावरको शेयरमा देखियो बुम

National Life
  • BFIS News
  • 2023 Dec 24 15:32
यि हुन बजार घट्दा पनि सर्वाधिक धेरै बढेर सर्किट लाग्ने कम्पनी, हाइड्रोपावरको शेयरमा देखियो बुम
Sanima Reliance

काठमाडौं । आइतबार नेप्से सूचक २१.०३ अंकले घट्दा पनि १२ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आजको कारोबारमा लगानीकर्ताले पोर्टफेलियो परिवर्तन गरेका छन् । जसले गर्दा आज हाइड्रोपावरमा बुक देखिएको छ ।

Shikhar
NIMB

आज सर्वाधिक धेरै बोटलर्स नेपाल, कालिका पावर, सामलिङ पावर, विपिडब्लु लघुवित्त र चिर्खुवाकोला हाइड्रोपावरको शेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै मुक्तिनाथ कृषि कम्पनीको ९.९९ प्रतिशत, सूर्यज्योति लाइफको पनि ९.९९ प्रतिशत, सुपर सोलु हाइड्रोपावरको ९.९८ प्रतिशत, भिजन लुम्बिनी उर्जा कम्पनीको ९.९८ प्रतिशत, नेपाल वेयरहाउजिङ कम्पनीको ९.९७ प्रतिशत, माइखोला हाइड्रोपावरको ९.९७ प्रतिशत, मैलुङखोला हाइड्रोपावरको ९.९७ प्रतिशत, सयपत्री हाइड्रोपावरको ९.९१ प्रतिशतले बढेको छ ।

आज सर्वाधिक धेरै हाइड्रोपावर कम्पनीको शेयर मूल्यमा सुधार देखिएको छ । पछिल्लो समय अन्य कम्पनीहरुको शेयर मूल्यमा सुधार आइरहेको थियो तर हाइड्रोमा बुल हुन सकेको थिएन । आज हाइड्रोपावरको शेयरमा सर्वाधिक सुधार देखिएको छ भने अन्य हिजोअस्ति बढेका कम्पनीको शेयर मूल्यमा भने नकारात्मकिक सर्किट लागेको छ । आज नेपाल रिपलब्लिक मिडिया र हाथवे इन्भेष्टमेन्टको शेयरमा नकारात्मक सर्किट लागेको छ । त्यस्तै आखु खोला र हिमालयन डिष्ट्रिलरीको शेयरमा पनि सर्वाधिक धेरै गिरावट देखिएको छ ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया