Nepal Life

यहि हुन् यस वर्ष सर्वाधिक धेरै लाभांश दिने १० कम्पनी, उत्पादन तथा प्रशोधन बाहेक सबैको लाभांशदर घट्यो

Global Ime detail Page
  • BFIS News
  • 2023 Dec Mon 09:55
यहि हुन् यस वर्ष सर्वाधिक धेरै लाभांश दिने १० कम्पनी, उत्पादन तथा प्रशोधन बाहेक सबैको लाभांशदर घट्यो
Sanima Reliance

काठमाडौं । शेयर बजार सँग सम्बन्धित सूचिकृत कम्पनी, म्युचुअल फण्ड, मर्चेन्ट बैंक तथा आइपिओ निष्काशनको तयारीमा रहेका ११० कम्पनीले लाभांश घोषणा गरेका छन् । यस वर्ष १२ वटा बाणिज्य बैंकले मात्रै लाभांश दिने भएका छन् भने अरुले लाभांश नदिने भएका छन् ।

NIMB

त्यस्तै विकास बैंक मध्ये ७ वटाले, तीन वटा फाइनान्स, तीन वटा होटल तथा पर्यटन, ७ वटा उत्पादन तथा प्रशोधनमुलक कम्पनी, १३ वटा माइक्रोफाइनान्स, १९ वटा म्युचुअल फण्ड, ७ वटा मर्चेन्ट बैंक र १४ वटा हाइड्रोपावर कम्पनीले लाभांश दिने छन् । अधिकाम्सले साधारणसभाबाट पारित गरिसकेका छन् भने केहि यहि पुस महिना भित्रै साधारणसभा सम्पन्न गर्दै छन् ।

हेर्नुहोस् सर्वाधिक धेरै लाभांश दिने १० कम्पनी

यस वर्ष पनि सर्वाधिक धेरै लाभांश युनिलिभर नेपालले दिएको छ । कम्पनीले यस वर्ष इतिहासकै सर्वाधिक धेरै १५८० प्रतिशत वितरण गरेको छ । त्यस्तै दोस्रो धेरै बोटलर्स नेपाल तराइले ६० प्रतिशत नगद लाभांश दिएको छ । बोटलर्स नेपालले तीन वर्ष पछि लाभांश दिन थालेको हो । त्यस्तै सदैव आकर्षक लाभांश दिदै आएको नेपाल टेलिकमले ४० प्रतिशत नगद लाभांश दिएको छ । चौथो धेरै लाभांश सोल्टी होटलले ३१.५८ प्रतिशत दिएको छ । सोल्टीले ५ प्रतिशत बोनस शेयर र २६.५७ प्रतिशत नगद सहित कुल ३१.५८ प्रतिशत लाभांश दिएको छ ।

तीन वर्ष पछि लाभांश दिएको एनआइसी एशिया बैंकले यस वर्ष ३०.५२ प्रतिशत दिएको छ । बैंकले २९ प्रतिशत बोनस शेयर र बोनस शेयरको कर प्रयोजनका लागि १.५२ प्रतिशत नगद दिएको हो ।

छैठौ नम्बरमा नेपल ल्युब आयल रहेको छ । कम्पनीले २५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद सहित कुल ३० प्रतिशत दिदैछ । कम्पनीको शेयर हिजोसम्म खरिद गर्नेले मात्रै पाउने छन् । गएको वर्ष लगानीकर्ताको सर्वाधिक धेरै आकर्षणमा परेको हिमालयन डिष्ट्रिलरीले १० प्रतिशत बोनस शेयर र १५ प्रतिशत नगद सहित कुल २५ प्रतिशत दिदै छ । कम्पनीको बुक क्लोज हुन बाँकी छ । यसले गर्दा अझै शेयर खरिद गर्नले लाभांश पाउने छन् ।

बाणिज्य बैंकहरु मध्ये दोस्रो धेरै लाभांश यस वर्ष एभरेष्ट बैंकले दिदैछ । बैंकले १० प्रतिशत बोनस शेयर र १०.५३ प्रतिशत नगद सहित कुल २०.५३ प्रतिशत लाभांश प्रदान गरिसकेको छ । नवौ नम्बरमा रहेको सूर्योदयले यस वर्ष २० प्रतिशत २० शेयर दिदैछ । दशौ नम्बरमा रहेको स्ट्याण्डर्ड बैंकले १९ प्रतिशत नगद लाभांश दिइसकेको छ ।  

शेयर बजार सँग सम्बन्धित ११० कम्पनीको लाभांश

शेयर बजार सँग सम्बन्धित कम्पनीहरु तथा आइपिओ निष्काशनको तयारी गरिरहेका कम्पनीहरु मध्ये ११० वटाले लाभांश घोषणा गरेका छन् । जसमा सर्वाधिक धेरै लाभांश दिनेमा सूचिकृत कम्पनी भन्दा पनि अन्य मर्चेन्ट बैंक तथा आइपिओ निष्काशनको तयारी गरिरहेका कम्पनीहरुको धेरै छ । यस वर्ष सेक्योर्ड सेक्युरिटीले १०० प्रतिशत बोनस शेयर दिएर पूँजी बढाएको छ । सिडिएससी एण्ड क्लियरिले १०० प्रतिशत नगद लाभांश दिएको छ । केयर रेटिङले ८० प्रतिशत नगद लाभांश दिएको छ । नेपाल स्टक एक्सचेन्जले पनि ६४ प्रतिशत नगद लाभांश दिदै छ । आइपिओ निष्काशनको तयारिमा रहेको मेडिकेयरले ६३ प्रतिशत लाभांश दिदै छ । कम्पनीले अहिलेसम्मको सञ्चित मुनाफाबाट लाभांश वितरण गरेर आइपिओ निष्काशन गर्दैछ ।

इक्रा नेपालले पनि यस वर्ष ५९.१० प्रतिशत नगद लाभांश दिदै छ । एनआइसी एशिया क्यापिटलले ४६ प्रतिशत नगद लाभांश दिदै छ । यसरी आकर्षक लाभांश दिने कम्पनीहरु सूचिकृत छैनन् ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया