Nepal Life

प्रत्येक दिन सर्किट लेभलमा कारोबार भैरहेको बोटलर्स नेपालको प्राविधिक विश्लेषण

Global Ime detail Page
  • नारद मणि घिमिरे
  • 2023 Dec Mon 19:09
प्रत्येक दिन सर्किट लेभलमा कारोबार भैरहेको बोटलर्स नेपालको प्राविधिक विश्लेषण
Sanima Reliance

काठमाडौं । नेपालमा कोकाकोला उत्पादक कम्पनी बोटलर्स नेपाल र यसको भगिनी कम्पनी बोटलर्स नेपाल (तराई)को शेयर मूल्य सर्वाधिक आकर्षणमा पर्दै आएको छ । यस भन्दा अगाडीको बुलमा हिमालयन डिष्ट्रिलरीले बजार तताएकोमा यस पटकको बुलको प्रारम्भिक चरणमै बोटलर्स नेपाल (बालाजु) तथा बोटलर्स नेपाल (तराई) शेयर बजारका खेलाडीको रोजाइमा परेको छ ।

NIMB

यस वर्ष बोटलर्स नेपाल (तराई)ले सूचिकृत कम्पनीहरु मध्ये दोस्रो धेरै लाभांश घोषणा गरेको छ । कम्पनीले यस वर्ष शेयरधनीलाई ६० प्रतिशत नगद लाभांश दिदैछ । यसले गर्दा कम्पनीको शेयर मूल्य प्रतिकित्ता १३ हजार ९९ रुपैयाँ पुगेको छ । विगत एक वर्षको अवधिमा बोटलर्स नेपालको शेयर मूल्य सर्वाधिक धेरै १६ हजार २०० सम्म पुग्यो भने न्युनतम १० हजार ५०० रुपैयाँसम्म तल झर्यो । 

यसैको माउ कम्पनी बोटल्स नेपालको शेयर मूल्य भने ६ हजार ३६२ रुपैयाँ रहेको छ । कम्पनीले यस वर्ष लाभांश नदिने घोषणा गरिसकेको छ । तै पनि दोस्रो बजारमा कम्पनीको शेयर मूल्य तुलनात्मक रुपमा धेरै छ । बोटलर्स नेपाल बालाजुको लाभांश इतिहास पनि त्यति राम्रो छैन । तर सर्वसाधारण लगानीकर्तामा यसको शेयर संख्या तुलनात्मक रुपमा कम भएकाले पनि शेयर मूल्य माथि रहने गरेको छ ।

भारतबाट नेपालमा पहिलो पटक सन् १९७३ मा कोकाकोलाको आयात सुरु भएको थियो र त्यसको छ वर्षपछि सन् १९७९ मा स्वदेशमै पेय पदार्थको स्थानीय उत्पादन सुरु भयो । खेतान समूह द्वारा प्रवर्द्धित नेपालको एक अग्रणी व्यापारिक संस्थाको रुपमा रहेको बोटलर्स नेपालले स्प्राइट र फ्यान्टा जस्ता अन्य उत्पादनहरूको बोटलिङ र मार्केटिङ सम्हाल्दै आएको छ ।

बोटलर्स नेपाल (तराइ)मा बोटलर्स नेपाल (बालाजु)को ९०.७८ प्रतिशत र सर्वसाधारणको ९.२२ प्रतिशत लगानी छ । बहुराष्ट्रिय कम्पनी बोटलर्स नेपाल (बालाजु)मा कोकाकोला साउथ वेष्ट एशिया होल्डिङस्को ७६.१६ प्रतिशत लगानी छ ।

२०४४ सालतिर स्थापना भएको कोकाकोला उत्पादक कम्पनी बोटलर्स नेपालको दोस्रो प्लान्टको रुपमा बोटलर्स नेपाल (तराई) को स्थापना गरेको हो । खेतान समुहको लगानी रहेको यस कम्पनीको लाभांश इतिहास राम्रो रहेको छ । यसले बोनस शेयर भन्दा पनि नगद लाभांशमा जोड दिने भएकाले प्रतिशेयर आम्दानी धेरै आकर्षक छ । यसले पनि सर्वसाधारण लगानीकर्तालाई लोभ्याउने गरेको छ ।

बोटलर्स नेपाल बालाजुको चुक्ता पूँजी १९ करोड ४८ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ५ अर्ब ७१ करोड रहेको छ । चालु आर्थिक वर्षको प्रथम त्रैमाशिक वित्तीय विवरण अनुसार कम्पनीको प्रतिशेयर आम्दानी १९१ रुपैयाँ रहेको छ । कम्पनीको रिटर्न अन इक्वीटी ६.७ प्रतिशत रहेको छ ।

त्यस्तै बोटलर्स नेपाल तराइको चुक्ता पूँजी १२ करोड १० लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा तीन अर्ब ७९ करोड रुपैयाँ रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी मात्रै ४४० रुपैयाँ छ । प्रतिशेयर आम्दानी मात्रै होइन प्रतिशेयर नेटवर्थ पनि ३२३५ रुपैयाँ छ । रिटर्न अन इक्विटी भने १४ प्रतिशत छ ।

बोनस शेयरको पछाडी दौडिने लगानीकर्ताहरुले बोटलर्स नेपालको वित्तीय विवरण विश्लेषण गरे भने बोनस शेयर भन्दा पनि नगद नै ठिक छ भन्ने विश्लेषण गर्न सक्छन् । कम्पनीले लाभांश नदिइ आफ्नो नेटवर्थ मात्रै बढाउने गरेको छ । जसले गर्दा दोस्रो बजारमा राम्रो भ्यालु कायम राख्न सफल देखिन्छ ।  

प्रत्येक दिन सर्किट लेभलमा कारोबार भैरहेको यस कम्पनी एक कित्ताकै १३ हजार पुग्न सक्ने अनुमान गरिएको छ । लगानीकर्ताको माग बढी रहेको यस कम्पनीको प्रतिदिन ५० कित्ताका दरले शेयर सप्लाइ हुने गरेको छ । यस एक महिनाको अवधीमा सबै भन्दा बढी ब्रोकर नं. १७ ले ४५० कित्ता विक्री गरेको छ । आरएसआइ (RSI) ९९.९९ प्रतिशत रहेको यस कम्पनीको मनि फ्लो इन्डेक्स १०० रहेको छ ।  

यो पनि पढ्नुहोस्

बुलिस सिग्नल देखिएको सानिमा बैंकको प्राविधिक तथा सैद्धान्तिक विश्लेषण

(यो विश्लेषण जानकारीका लागि तयार पारिएको हो । यसैलाई मात्रै आधार मानेर खरिद बिक्री नगर्नुहोला ।)

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया