United Ajod

तरलताको सदुपयोग गर्दै नेपाल इन्भेष्टमेन्टले ४ अर्ब ४ करोडको ऋणपत्र निष्काशन गर्दै, व्याजदर १० प्रतिशत

Everest Bank
  • BFIS News
  • 2023 Dec Mon 19:37
तरलताको सदुपयोग गर्दै नेपाल इन्भेष्टमेन्टले ४ अर्ब ४ करोडको ऋणपत्र निष्काशन गर्दै, व्याजदर १० प्रतिशत

काठमाडौं। नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) बैंकिङ प्रणालीमा अधिक तरलता भएको समयलाई सदुपयोग गर्दै ४ अर्ब ४ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ। बैंकले १०% एनआईएमबी डिवेन्चर २०९० नामक ऋणपत्र निष्कासन गर्ने भएको हो। बैंकहरुले निक्षेपको व्याजदर एकल अंकमा झारिरहेको समयमा बैंकले भने दोहोरो अंकको व्याजदरमा निक्षेपकर्तालाई आकर्षित गर्ने रणनीति बनाएको छ । 

ऋणपत्र निष्कासनका लागि बैंकले नेपाल धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ। बैंकले ४० लाख ४० हजार कित्ता ऋणपत्र निष्कासनका लागि अनुमति पाएको हो। बैंकले २ अर्ब ४२ करोड ४० लाख बराबरको ऋणपत्र व्यक्तिगत तवरबाट र बाँकी १ अर्ब ६१ करोड ६० लाख रुपैयाँ बराबरको ऋणपत्र सर्वसाधारणका लागि बिक्री गर्ने छ। १० प्रतिशत ब्याजदरको ऋणपत्रको १० वर्षमा परिपक्व हुनेछ। ऋणपत्रको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया