Nepal Life

हिमालयन रिइन्स्योरेन्सको आइपिओ आज बाँडफाँट हुँदै, सबैलाई १० कित्ता आधा भन्दा धेरैलाई २० कित्ता पर्ने

Global Ime detail Page
  • BFIS News
  • 2023 Dec Wed 04:45
हिमालयन रिइन्स्योरेन्सको आइपिओ आज बाँडफाँट हुँदै, सबैलाई १० कित्ता आधा भन्दा धेरैलाई २० कित्ता पर्ने
Sanima Reliance

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीको आइपिओ आज बाँडफाँट हुने भएको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक एनएमबी क्यापिटलले विहान १० बजे बाँडफाट गर्ने भएको हो । 

NIMB

कम्पनीको प्राथमिक शेयरमा १६ लाख ६० हजार २२ जनाले ३ करोड २२ लाख १५ हजार ७० कित्ताको लागि आवेदन दिएका छन् । जसमा आवेदन दिने जति सबैले १० कित्ता र थप ८ लाख २९ हजार ९७८ जनाले थप १० कित्ता सहित २० कित्ता प्राप्त गर्ने भएका छन् । 

कम्पनीले दश अर्ब रुपैयाँ जारी पूँजीको ३० प्रतिशतले हुन आउने तीन अर्ब रुपैयाँ बराबरको तीन करोड कित्ता शेयर जारी गरेको थियो । प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रति कित्ता २०६ रुपैयाँका दरले हुन आउने ६ अर्ब १८ करोड रुपैयाँको शेयर निष्काशन गरेको थियो ।

सो मध्ये २ प्रतिशत अर्थात ६ लाख कित्ता कम्पनीमा कार्यरत कर्मचारीलाई बाँडफाँट गरिएको छ । नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि जारी पूँजी १० अर्ब रुपैयाँ बराबरको ३० प्रतिशतका दरले ३ अर्ब रुपैयाँ बराबरको ३ करोड कित्ता शेयर निष्काशन गरि बाँडफाँड सम्पन्न गरिसकेको छ । 

सामूहिक लगानी कोषका लागि १५ लाख कित्ता शेयर बाँडफाँड गरी बाँकी रहेको दुई करोड ४९ लाख कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरिएको हो । 

सर्वसाधारण लगानीकर्ताले आइपिओ परे नपरेको जानकारी भने बाँडफाँट भएको दुई घण्टा पछि मात्रै मेयर शेयरबाट जानकारी पाउन सक्नेछन् । लगानीकर्ताले मेरो शेयरको यस लिङ्कमा क्लिक गरेर हेर्न सक्ने छन् । 

कतिमा होला दोस्रो बजारमा पहिलो कारोबार 

सर्वसाधारणका लागि १०६ रुपैयाँ प्रिमियम सहित प्रति कित्ता २०६ रुपैयाँमा आइपिओ निष्काशन गरिएको हिमालयन रिइन्स्योरेन्स कम्पनीको दोस्रो बजारमा पहिलो कारोबार न्युनतम १०३ रुपैयाँ ७ पैसादेखि अधिकतम ३०९ रुपैयाँ २१ पैसाबाट सुरु हुनेछ । यदि पहिलो कारोबार ३०९ रुपैयाँबाटै सुरु भयो भने पनि लगातार ८/९ दिनसम्म सकारात्मक सर्किट लाग्ने देखिन्छ । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया