Nepal Life

३०४ अंकले बढेको बजारमा ७३ अंकको करेक्सन, ‘रातो देख्ने वित्तीकै आत्तीन्छन् लगानीकर्ता’

Global Ime detail Page
  • BFIS News
  • 2023 Dec Thu 15:12
३०४ अंकले बढेको बजारमा ७३ अंकको करेक्सन, ‘रातो देख्ने वित्तीकै आत्तीन्छन् लगानीकर्ता’
Sanima Reliance

काठमाडौं । दुई सातामै ३०४ अंकले बढेको शेयर बजार पछिल्लो एक सातामा ७५ अंकले करेक्सन भएको छ । दुई सातामै ह्वात्तै बढेको शेयर बजारबाट लगानीकर्ताले राम्रै नाफा बुक गरे । यसरी एकाएक बजार बढेको देखेपछि बजार प्रवेश गरेका लगानीकर्ताले भने राम्रै घाटा खानु परेको छ । जसले बजार तल्लो विन्दुमा शेयर उठाएर बसेका थिए उनिहरुले राम्रै नाफा बुक गरे भने ३०४ को सुधारमा पछिल्लो समय बजार प्रवेश गर्नेको भने पोर्टफेलियोमा राम्रो लस देखियो ।

NIMB

विश्लेषकहरुले दोस्रो बजारको कारोबार रकमलाई लिएर २२ सयको अवरोध तोडिने आकलन गरिरहेका थिए । तर उनिहरुलेको विश्लेषण अनुसार बजारले यस पटक पनि २२ सयको अवरोध चिर्न सकेन । यसले गर्दा यस साता शेयर बजार ७७ अंकले घट्यो ।

यसरी बजार घट्ने वित्तीकै कतिपय लगानीकर्ताले राम्रो नाफा बुक गरे भने कतिपयले घाटामै भए पनि शेयर बिक्री गरेर बसेका छन् । यसरी लगानीकर्तामा आएको त्रासले शेयर बजारमा गिरावट भएको बजार विश्लेषण नवराज दाहाल बताउछन् । उनका अनुसार लगानीकर्ताहरुले तल्लो मूल्यमा किनेको शेयरमा आएको नाफालाई बुक गर्दा बजारमै गिरावट आएको हो । त्यसैले यसलाई नाफा बुक सँगै करेक्सन भएको मात्रै भन्न सकिने उनि बताउछन् ।

लगानीकर्तामा अझै पनि डर त्रास कायमै छ । त्यसैले बजार रातो देखिने वित्तीकै बिक्री गरेर नाफा बुक गरिहाल्ने प्रवृत्तीले पनि बजारलाई माथि जान नदिएको विश्लेषकहरु बताउछन् । त्यस्तै अर्का बजार विश्लेषक नारद मणि घिमिरेका अनुसार बजार शेयर बजारको करेक्सन आजसम्म मात्रै हो । सोमबारदेखि शेयर बजारमा सुधार देखिनेछ ।

अर्का प्राविधिक विश्लेषक सुबास चन्द्र ढुंगानाका अनुसार पछिल्लो गिरावट करेक्सन मात्रै हो । उनका अनुसार यो करेन्सक २०२५ देखि ५० अंकसम्म हुने र त्यस पछि बजार फेरि सुधारको लयमा फर्किनेछ ।  

बिहीबार बजार सुधार हुने अपेक्षा गरिए पनि राम्रै उतारचढाव भयो । उतारचढावकै विचमा ४ अर्ब २९ करोडको कारोबार भयो । बजार घट्दै जादा कारोबार ड्राइ हुँदै गइरहेकाले लगानीकर्ताले घटेर बिक्री गर्न नचाहेको विश्लेषकहरु बताउछन् । लगानीकर्तामा बजार बढ्छ भन्ने लागे पनि अन्य विविध कारणले मनोबल भने बढ्न सकेको छैन ।

बिहीबार नेप्से सूचक २०६८.९० अंकमा रोकिएको छ भने कतिपय उपसूचकहरुमा राम्रै सुधार पनि देखिएको छ । आज होटल तथा पर्यटन, लगानी, उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड, निर्जीवन र अन्य सूचकमा सुधार देखिएको छ । बजारमा गिरावट देखिदै गर्दा ७ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया