Nepal Life

राष्ट्र बैंकले डिजिटल कारोबारलाई प्रोत्साहित गर्दा पनि चलनचल्तिमा नोटको प्रचलन थप बढ्न थाल्यो

Global Ime detail Page
  • BFIS News
  • 2023 Dec Sun 09:47
राष्ट्र बैंकले डिजिटल कारोबारलाई प्रोत्साहित गर्दा पनि चलनचल्तिमा नोटको प्रचलन थप बढ्न थाल्यो
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्दा पनि चलनचल्तिमा भने नोटको प्रचलन झन बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा चलनचल्तिका नोटको संख्या ५.६० प्रतिशतले बढेको छ ।

NIMB

गत साउनमा बैंकिङ च्यानलमा ६ खर्ब २५ अर्ब रुपैयाँ रहेकोमा मंसिर महिनामा बढेर ६ खर्ब ६० अर्ब पुगेको छ । राष्ट्र बैंकले यस दशै तिहारको अवधिमा नयाँ नोट निष्काशन गरेको थियो । यस वर्ष बजारमा नयाँ नोटको हाहाकार नै भयो । यसले पनि बजारमा डिजिटल कारोबार सँग सँगै नोटको चलनचल्ति कायमै रहेको पुष्टी हुन्छ । उक्त नोट मध्ये बैंक वित्तीय संस्थामा भने ७२ खर्ब २५ करोड रहेको छ । यो बाहेक सबै हिसावकिताव डिजिटल प्रणालीमै रहेको छ । यदि बचतकर्ताले बैंकहरुमा सबै रकम नोटकै रुपमा माग गरे भने बैंकहरु नगद प्रवाह गर्न असमर्थ हुने छन् ।

राष्ट्र बैंकले विदेशी बैंकहरुमा ५ खर्ब ४३ अर्ब रुपैयाँ निक्षेपको रुपमा जम्मा गरेको छ । त्यस्तै विदेशी सेक्युरिटीजमा भने ७ खर्ब ९८ अर्ब रुपैयाँ लगानी गरेको छ भने सेक्युरिटिजको रुपमा सुनमा ६८ खर्ब २६ करोड रुपैयाँ लगानी गरेको देखिन्छ ।   

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया