Nepal Life

नेपाल राष्ट्र बैंकले ५ महिनामै कमायो ४४ अर्ब ३२ करोड मुनाफा, जगेडा कोषमा ५ खर्ब ९ अर्ब नाघ्यो

Global Ime detail Page
  • BFIS News
  • 2023 Dec Sun 10:08
नेपाल राष्ट्र बैंकले ५ महिनामै कमायो ४४ अर्ब ३२ करोड मुनाफा, जगेडा कोषमा ५ खर्ब ९ अर्ब नाघ्यो
Sanima Reliance

 काठमाडौं । बैंकहरुको पनि बैंक नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको ५ महिनामा ४४ अर्ब भन्दा धेरै मुनाफा आर्जन गरेको छ । मंसिर महिनाको अवधिमा नेपाल राष्ट्र बैंकको जगेडा कोषमा ५ खर्ब ९ अर्ब २७ करोड ४६ लाख रुपैयाँ जम्मा भएको छ । गत असार अन्तिम दिनमा राष्ट्र बैंकको यस्तो कोष ४ खर्ब ६४ अर्ब ९५ करवड ११ लाख रुपैयाँ थियो । राष्ट्र बैंकको चुक्ता पूँजी भने ५ अर्ब रुपैयाँ मात्रै छ ।

NIMB

राष्ट्र बैंकले खुद ब्याज आम्दानी, विदेशी विनिमय खरिद बिक्रीबाट आम्दानी तथा अन्य सञ्चालन आम्दानी गर्ने गरेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा चलनचल्तिका नोटको संख्या ५.६० प्रतिशतले बढेको छ ।

गत साउनमा बैंकिङ च्यानलमा ६ खर्ब २५ अर्ब रुपैयाँ रहेकोमा मंसिर महिनामा बढेर ६ खर्ब ६० अर्ब पुगेको छ । राष्ट्र बैंकले यस दशै तिहारको अवधिमा नयाँ नोट निष्काशन गरेको थियो । यस वर्ष बजारमा नयाँ नोटको हाहाकार नै भयो । यसले पनि बजारमा डिजिटल कारोबार सँग सँगै नोटको चलनचल्ति कायमै रहेको पुष्टी हुन्छ । उक्त नोट मध्ये बैंक वित्तीय संस्थामा भने ७२ खर्ब २५ करोड रहेको छ । यो बाहेक सबै हिसावकिताव डिजिटल प्रणालीमै रहेको छ । यदि बचतकर्ताले बैंकहरुमा सबै रकम नोटकै रुपमा माग गरे भने बैंकहरु नगद प्रवाह गर्न असमर्थ हुने छन् ।

राष्ट्र बैंकले विदेशी बैंकहरुमा ५ खर्ब ४३ अर्ब रुपैयाँ निक्षेपको रुपमा जम्मा गरेको छ । त्यस्तै विदेशी सेक्युरिटीजमा भने ७ खर्ब ९८ अर्ब रुपैयाँ लगानी गरेको छ भने सेक्युरिटिजको रुपमा सुनमा ६८ खर्ब २६ करोड रुपैयाँ लगानी गरेको देखिन्छ ।   हाल राष्ट्र बैंक सँग ३४ अर्ब भन्दा माथिको सुन मौज्दात रहेको छ ।  

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया