Nepal Life

नमिता न्यौपानेको एमडिआरटीदेखि टिओटीसम्मको सफलता, कमाउछिन् महिनाकै १२ लाख भन्दा धेरै

Global Ime detail Page
  • प्रभात कुईकेल
  • 2024 Jan Tue 10:31
नमिता न्यौपानेको एमडिआरटीदेखि टिओटीसम्मको सफलता, कमाउछिन् महिनाकै १२ लाख भन्दा धेरै
Sanima Reliance

काठमाडौं । पढ्ने मानिसहरु अभकर्ता बन्नु हुँदैन भन्ने एउटा ट्रेण्ड छ । तर राजनीति शास्त्रमा स्नातकोत्तर र कानुन तर्फ एलएलबी उत्तीर्ण गरेकी विराटनगरकी नमिता न्यौपानेको आम्दानी कुनै बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृतको भन्दा कम छैन ।

सानिमा रिलायन्स लाइफबाट सन् २०२४ का लागि टप अफ दि टेवल ‘टिओटी’ बन्न सफल भएकी नमिता न्यौपानेको वार्षिक आम्दानी एक डेढ करोड छ भन्दा जो कोहीलाई आश्चर्य लाग्छ । उनि राज्यलाई बकाइदा १५ प्रतिशत कर तिरेरै महिनाको लगभग १२/१३ लाख रुपैयाँ कमाउछिन् ।

नेपाल बीमा प्राधिकरणले एकै पटक १० वटा नयाँ जीवन बीमा कम्पनीलाई लाइसेन्स दिए सँगै जीवन व्यवसायको विस्तार व्यापक रुपमा भयो । कम्पनीहरुले देशव्यापी रुपमा अभिकर्ताको सञ्जाल बढाए । यहि क्रममा नमिताका धेरै साथिहरु आइएमई लाइफमा आवद्ध भइसकेका थिए । ति नै साथिहरुले उनलाई आइएमई लाइफमा प्रवेश गराए । तर उनलाई खासै इन्ट्रेन्स भने थिएन । साथिहरुको आग्रहमा उनले अभिकर्ता कोड लिएर पहिलो पोलिसी आफ्नै छोरीबाट सुरु गरिन् ।

यसरी आफ्नै छोरीको बीमा गराएर अभिकर्ता पेशालाई शुभारम्भ गरेकी न्यौपानेले आजका दिनसम्ममा १२ सय भन्दा धेरैको बीमा गराइसकेकी छिन् । आइएमई लाइफमा काम गर्दा पहिलो वर्षमै उनि एजेन्सी म्यानेजर हुँदै सेल्फ कोडबाट सर्वाधिक व्यवसाय भित्र्याउने पहिलो नम्बरमा परिन् । त्यतिवेला एमडिआरटी, सिओटी, टिओटीको प्रचलन थिएन । यदि यस्तो अभ्यास भएको भए आफुले एमडिआरटी तथा सिओटीमै छनोट हुने गरी व्यवसाय गरेको उनि बताउछिन् ।

आइएमईबाट उनि २०२० मा रिलायन्स लाइफमा प्रवेश गरिन् । रिलायन्स लाइफमा प्रवेश गर्ने वित्तीकै उनि रिलायन्स लाइफबाटै पहिलो एमडिआरटी बन्ने सौभाग्य प्राप्त गरिन् । त्यस पछि २०२१ मै उनि सिओटीमा पर्न सफल भइन् । यसरी लगातार एक पछि अर्को सफलता हासिल गर्ने क्रममा २०२२ मा टिओटी बन्न सफल भइन् । २०२३ का लागि भने उनि एमडिआरटी भइन् । अहिले आएर उनले आफुलाई अब्बल अभिकर्ताको रुपमा प्रमाणित गर्दै दोस्रो पटक सन् २०२४ का लागि टिओटीमा पर्न सफल भएकी छिन् ।

उनि एमडिआरटी, सिओटी तथा टिओटीका सम्पुर्ण सम्मेलनमा भाग लिन अमेरिका, अष्ट्रेलिया, सिङ्गापुर गइसकेकी छिन् । उनले आफ्नो व्यवसायिक सफलतालाई राष्ट्रिय अन्तर्राष्ट्रिय मञ्चमा समेत प्रस्तुत गरिसकेकी छिन् । नेपालमा महिलाले केहि पनि गर्न सक्दैनन भन्ने भाष्यलाई चिर्दै नमिताले आफुलाई जीवन बीमा जस्तो कठिन पेशामा पनि सर्वोत्कृष्ट बनाउन सफल भएकी छिन् । गएको भदौमा सिङ्गापुरमा सम्पन्न भएको एमडिआरटी सम्मेलनमा भाग लिएर फर्किएकी नमिता यस वर्ष क्यानडा जादै छिन् । प्राय अभिकर्ताहरु व्यवसायिक लक्ष्य हासिल गरेर पनि ग्लोबल कन्फ्रेन्समा भाग लिदैनन् तर उनि हरेक सम्मेलनमा भाग लिन्छिन् । यसले अन्य नेपाली महिलाहरुलाई थप प्रोत्साहित गर्ने उनको भनाइ छ ।

उनको डाउनलाइनमा २०० हाराहारी अभिकर्ताहरु रहेका छन् । उनले आफ्नो ६/७ वर्षको अभिकर्ता यात्रामा १२ देखि १५ सय जनालाई बीमा गराइसकेकी छिन् । काम प्रतिको लगाव, व्यक्तिगत जनसम्पर्क, एउटा बीमितबाट अर्को बीमितमा पुग्न सक्ने कौशलता र वार्षिक योजनाले नै उनलाई यो सफलता हासिल गर्न ठुलो मद्दत पुर्याएको छ ।

सामान्य, निम्न मध्यम वर्गदेखि ठुला ठुला व्यक्तिहरुको समेत बीमा गराउन सफल नमिताले अहिलेसम्म न्युनतम ७५ हजार रुपैयाँको बीमाङ्कदेखि अधिकतम ५ करोड रुपैयाँसम्मको बीमा गर्ने ग्राहक उनि सँग छन् । नमिताले सामान्य रोजगारी गर्ने व्यक्तिदेखि लिएर नेपालका विग हाउसका व्यक्तिहरुलाई समेत बीमा गराउन सफल भएकी छिन् । यो नै उनको सबैभन्दा ठुलो सफलता हो । अहिलेको चरम आर्थिक मन्दीको समयमा पनि उनले गएको मंसिरमा ४ करोड रुपैयाँको बीमा गराइन् ।

बीमितलाई बीमाको लागि मनाउने काम त्यति सजिलो काम होइन । यसका लागि सबैभन्दा पहिला बीमालाई नै राम्रो सँग बुझ्नु पर्छ । आफुले मात्रै बुझेर हुँदैन अरुलाई बुझाउन सक्ने क्षमता पनि राख्नु पर्छ । उनि भन्छिन् ‘जीवन बीमा पोलिसी बिक्री गर्न त्यति सजिलो छैन । त्यसमा पनि प्रतिस्पर्धाको बजार छ । घरै पच्छे अभिकर्ताहरु छन् ।’ उनले थपिन, ‘बीमाको आवश्यकताबारे बुझाउन सक्नु पर्यो । कम्पनीको प्रोफाइल तथा पोलिसीको बारेमा जानकारी गराउनु पर्यो । र उहाँहरुको आय स्रोतका आधारमा बीमा पोलिसी बिक्री गर्न सक्नु पर्यो । यति गर्न सकियो भने राम्रै नतिजा निकाल्न सकिदो रहेछ ।’

कसैले पनि अन्जान व्यक्तिलाई जीवन बीमा गराउन सक्दैन । त्यसैले कि त आफैले चिनेको हुनु पर्छ होइन भने कोहि न कोही मार्फत बीमित समक्ष पुग्नु पर्छ । उनले अहिलेसम्म गराएका बीमा मध्ये ८० प्रतिशत प्रत्यक्ष चिनेका व्यक्ति रहेका छन् भने २० प्रतिशत चिने जानेका मार्फत छन् ।

आफ्नै व्यवसाय पनि सञ्चालन गरिरहेकी नमिता हरेक दिन कामको सेड्युल बनाउछिन् । स्कुल अस्पताल एउटा सिस्टममा सञ्चालन हुने भएकाले सधै जानु पर्दैन । अर्को तर्फ बीमाका ग्राहक जतासुकै हुन्छन् । आफ्नो व्यवसायका दौरानमा भेटिने व्यक्ति नै किन नहुन्, राजनीतिक कार्यक्रममा भेटिने व्यक्ति नै किन नहुन् उनका लागि सबै ग्राहक पनि हुन् । यसरी आफ्ना हरेक काम कारबाही र व्यवसायमा संलग्न व्यक्ति सँग उनको दोहोरो सम्बन्ध बनाउने सधै प्रयास रहि रहन्छ । यहि प्रयासले उनको हरेक व्यक्ति सँग आत्मिय सम्बन्ध बन्ने गरेको छ ।

उनि भन्छिन् ‘यदि म बीमा नै गर्छु र अन्य काम गर्दिन भन्यो भने सफल होइदैन ।’ यसका लागि सबै क्षेत्रलाई उत्तीकै स्थान दिइनु पर्ने उनको विचार छ । उनले थपिन् ‘सबै क्षेत्रहरु सामाजिक, राजनीतिक, व्यवसायिक क्षेत्रमा जोडिदा कोहि न कोही क्लाइन्टहरु भेटिन्छन् । मेरो यहि अन्य क्षेत्रका व्यक्तिहरु सँगको सम्पर्कले गर्दा नै मैले बीमा गर्न सफल भएकी हु ।’ परिवारमा उनको श्रीमान र एक छोरी छिन् ।  

उनले जुन वर्षदेखि सानिमा रिलायन्स लाइफमा काम सुरु गरिन् त्यस वर्षदेखि नै सेल्फ तथा टिम तर्फको व्यवसायमै उनि पहिलो नम्बरमा पर्दै आइरहेकी छिन् । सम्भवत उनि सन् २०२४ को लागि उनि नेपालकै तर्फबाट पहिलो टिओटी हुन् । अहिलेसम्म अन्य कुनै पनि कम्पनीले टिओटीको दाबी नगरेका कारण सन् २०२४ का लागि उनि नै पहिलो र एक मात्रै टिओटीमा पर्ने सम्भावना धेरै छ । 

अभिकर्ता पेशा महिलालाई शशक्तिकरण बनाउने एउटा राम्रो पेशा भएको उनि बताउछिन् । यदि राम्रो सँग अभिकर्ता पेशालाई नै अगाडी बढाउने हो भने नेपालमै बसेर लाखौ रुपैयाँ कमाउन सकिने र विदेश जानु नपर्ने उनको धारणा रहेको छ । यस पेशाका लागि व्यक्तिगत रुपमा लगानी गर्न नपर्ने भएकाले आफ्नो ज्ञान शिप र क्षमताको प्रयोग गर्दा पुग्छ । देश विदेश घुम्न पाउने भएकाले आफ्नो पहिचाहन पनि बनाउन पाइने हुँदा यो पेशा धेरै राम्रो रहेको उनि बताउछिन् ।

उनले एमडिआरटी लगायतका सम्मेलनमा जाने क्रममा विश्वका अभिकर्ताहरु सँग साक्षात्कार गर्ने अवसर समेत प्राप्त गरिन् । यसले पक्कै पनि उनमा निखारता ल्याएको छ । उनि यो पेशा प्रति धेरै सन्तुष्ट छिन् ।

उनले अहिलेसम्म जति पनि बीमा गराएकी छिन एउटा पनि पोलिसी सरेण्डर भएको छैन । साथै एउटा पनि पोलिसीमा दाबी परेको छैन । उनले सुरुवाति अवस्थामा बीमा गराएका आइएमई लाइफका बीमितको पनि नविकरण बीमा शुल्क एकदमै राम्रो छ । नविकरण बीमा शुल्क संकलनका लागि उनि आफै सहजिकरण गर्छिन् । यसरी १२ देखि १५ सय बीमिको उनि आफै बीमा कम्पनी हुन् । आर्थिक हिसावकिताव तथा प्रशासनिक कार्य कम्पनीले गरे पछि बीमितलाई गर्नु पर्ने सहजिकरण उनि आफैले गर्छिन् । यसले गर्दा नै उनि एक बीमितबाट अर्को बीमित समक्ष आफुलाई पुर्याउन सफल भएकी हुन् ।  

यदि कुनै बीमितले यस पटक बीमा शुल्क भुक्तानी गर्न सकिन भनेमा उनि सकेसम्म मनाउने कोसिस गर्छिन होइन तिर्नै नसक्ने अवस्था आएको हो भने केहि समयका लागि स्रोत समेत जुटाइदिने गर्छिन् । प्राय अभिकर्ताले एउटा कम्पनीबाट अर्को कम्पनीमा काम गर्दै गर्दा पुराना ग्राहकहरुलाई आफु सँग सँगै तान्ने गर्छन् तर उनले बीमितलाई कहिले पनि सरेण्डरका लागि प्रोत्साहित गर्दिनन् । जसले सरेण्डर गर्छु भन्छ उनिहरुलाई राम्रो सँग बुझाएर पोलिसीलाई निरन्तरता दिन लगाउछिन् ।

सानिमा रिलायन्स लाइफका पोलिसी अन्य कम्पनीको भन्दा सस्ता छन् । यसले गर्दा थोरै बीमा शुल्कमा ठुलो बीमाङ्कका बीमा पोलिसी खरिद गर्न सकिन्छ । जोखिम कभर गर्नका लागि भए पनि बीमितलाई उनले प्रत्साहित गर्ने गरेकी छिन् ।

बीमितले के के कुरामा ख्याल गर्नु पर्छ

नेपालमा सञ्चालनमा रहेका १४ वटा जीवन बीमा कम्पनी मध्ये जुनमा बीमा गर्दा पनि केहि फरक नपर्ने उनको भनाइ छ । यदि बीमितले व्यवासायिक अभिकर्ता सँग बीमा गरायो भने अभिकर्ताले हरेक कुरामा सहजिकरण गरिरहेको हुन्छ । भोलि दाबी पर्दा तथा सरेण्डर गर्नु पर्ने अवस्थामा पनि अभिकर्ताले सहजिकरण गर्ने भएकाले व्यवसायिक अभिकर्ता सँग मात्रै बीमा गर्नु पर्ने उनको भनाइ छ ।

बीमा भनेको व्यक्तिको सुरक्षा र बचत हो । यदि भवितव्य केहि भइहाल्यो भने क्षतिपुर्ती पाउने बातावरण बन्छ भने केहि नहुँदा राम्रो बचत हुन्छ । त्यसैले जीवन बीमा अनिवार्य गर्नै पर्छ । यस पछि अभिर्ताले बीमितलाई कत्तीकै मनाउन सक्छन् भन्ने कुरा हो । करोडौ बीमा शुल्क संकलन गर्दै गर्दा जवरजस्ती बीमा गरेर मात्रै सम्भव छैन । बीमा प्रतिको आवश्यकता बोध गराएर नै बीमा गराउनु पर्ने उनको धारणा छ ।

बीमितलाई पोलिसी छनोट गर्न दिनु पर्ने र बीमितको आम्दानीको स्रोत र क्षमता अनुसारको बीमा गराउन सक्नु नै सफल अभिकर्ताको परिचय हुने नमिता बताउछिन् । अर्को तर्फ बीमितलाई बीमा गराउन सधै प्रेरित गरिहनु पर्छ । 

बीमा अभिकर्ता पेशा सुरु गरेको ७ वर्षको अवधिमा उनले करिव १२ सय भन्दा धेरै व्यक्तिको बीमा गराउन सफल भइसकेकी छिन् । उनले अझै ५/७ वर्ष यहि गतिमा जीवन बीमा व्यवसाय गर्ने योजना बनाएकी छिन् । उनको अझै पनि टिम भन्दा सेल्फ कोडबाटै राम्रो व्यवसाय छ । अवका दिनमा टिमलाई पनि अझै मजबुद बनाउदै लैजाने उनको योजना रहेको छ ।

रणनीतिक रुपमा काम गर्ने हो भने जीवन बीमा व्यवसायमा धेरै नै अवसर रहेको उनको भनाइ छ । यसका लागि मानिसहरुको मनोविज्ञान थाहा पाउन सक्नु पर्छ । यसका साथै कुन सिजनमा कस्तो कस्तो व्यवसाय फस्टाउछ त्यसको अध्ययन गर्नु पर्ने उनको भनाइ छ । जुन सिजनमा जुन व्यवसाय फस्टाउछ त्यो सिजनमा तिनै व्यवसायीको बीमा गराउने योजना बनाउने हो भने बीमा क्षेत्रमा कहिले पनि मन्दी नआउने उनिको धारणा छ । जीवन बीमा अभिकर्ता पेशामा लाग्ने जो कोहीले आफुले आफैलाई मोटिभेट गर्न सक्नु पर्छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया