Nepal Life

लगातार दोस्रो पटक एमडिआरटी बनिन् धरानकी गोमा कोइराला

Global Ime detail Page
  • BFIS News
  • 2024 Jan Tue 10:42
लगातार दोस्रो पटक एमडिआरटी बनिन् धरानकी गोमा कोइराला
Sanima Reliance

काठमाडौं । चरम आर्थिक मन्दी र व्यापार व्यवसाय नै ठप्प भएको समयमा पनि धरानकी गोमा कोइराला भण्डारी नेपाल लाइफबाट एमडिआरटी २०२४ का लागि योग्य भएकी छिन् । गोमाको यो दोस्रो सफलता हो । उनि सन् २०२३ कालागि पनि एमडिआरटी क्वालिफायर्ड भएकी थिइन् ।

NIMB

विभिन्न नगरपालिका तथा शिक्षकको रुपमा लामो समय काम गरिसकेकी कोइरालाले अन्य पेशामा भन्दा अभिकर्ता पेशामा आफुलाई थप प्रमाणित गरेकी छिन् । जीवन बीमाको माध्यमबाट आम मानिसहरुलाई सेवा प्रवाह गर्ने क्रममा उनले सयौ बीमितलाई बीमा गराइसकेकी छिन् ।

जीवनको ५० वसन्त पार गर्दा उनि जति पनि पेशामा संलग्न भइन् ति मध्ये अभिकर्ता पेशा उनलाई सबैभन्दा उत्कृष्ट लाग्छ । त्यहि भएर नै उनि लगातार दोस्रो पटक एमडिआरटी बन्न सफल भइन् । यस उमेरमा पनि जोश जागर र काम प्रतिको लगावले गर्दा उनलाई बीमा कम्पनीदेखि लिएर परिवारले राम्रो साथ दिएको छ ।

कम्पनीको धरान शाखा सँगको निकटता, शाखामा कार्यरत शाखा प्रमुख तथा कर्मचारीको हौसलाले आफुलाई काम प्रति झन् प्रोत्साहित गर्ने गरे गरेको उनि बताउछिन् । कम्पनीका कर्मचारीको सामिप्यताले नै उनलाई अभिकर्ता पेशामा प्रवेश गराएको थियो । उनको यस काममा छोरा र छोरिदेखि लिएर श्रीमानको पनि पुर्ण साथ र समर्थन रहेको छ । परिवारको साथ र सहयोगले गर्दा नै यो उपलब्धि हासिल गर्न सकिएको उनि बताउछिन् ।

 उनले अभिकर्ता पेशा सँग सँगै शिक्षण पेशालाई पनि सँग सँगै अगाडी बढाइन् । यसरी शिक्षक भएर काम गर्दा ज्ञानको ज्योति प्रवाह गरिरहेको गोमाले बीमाको माध्यम मार्फत आम मानिसको जीवन तथा आर्थिक सुरक्षाको काम लागिन् । समाजमा शिक्षक प्रतिको सकारात्मक सोचलाई उनलाई सदुपयोग गर्दै बीमाको पवित्र कामलाई पनि अगाडी बढाएकी हुन् ।

दिनभरी स्कुलमा शिक्षण गर्ने र विहान वेलुकाको समयमा बीमाको काम गर्दै उनले आफुलाई स्थापित गराएको हुन् । अहिले उनि अभिकर्ता पेशामै पुर्णकालिन रुपमा काम गरिरहेकी छिन् । विहान वेलुकाको समयलाई सदुपयोग गर्दै अभिकर्ताको काम गरेकी कोइराला व्यवसाय संयोजक, एजेन्सी म्यानेजर हुँदै बरिष्ठ एजेन्सी म्यानेजर बन्न सफल भएकी छिन् । उनले दुई वर्षदेखि लगातार आफ्नो सेल्फ कोडमा ४२ लाख भन्दा धेरै बीमा शुल्क भित्र्याएकी छिन् ।

सबै सँग बोल्न नधकाउने निडर स्वभावकी उनि धरानमा सबैसँग चिरपरिचित छिन् । बीमा बिलकुलै सेवा दिने पेशा हो भन्ने भावमा काम गर्ने स्वभाव भएकैले उनि आफू यस सेवामा समर्पित रहेको उनि बताउछन् । प्रेशा प्रतिको आफ्नो इमान्दारिता र बीमित प्रतिको आफ्नो प्रतिबद्धताले हरेक वर्ष आफु सफल हुँदै आएको उनको भनाइ छ ।

समुदायमा बीमा गर्न सजिलो तर लिन गाह्रो भन्ने आम मानिसको बुझाइलाई उनि चिर्न चाहिन्छन् । निर्जीवन बीमा तर्फ कतिपयले दाबी नपाएको उदाहरणले अभिकर्ताहरुलाई समाजमा डिफेन्स गर्न धेरै गाह्रो पर्ने गरेको छ । त्यसैले समाजमा बीमा प्रति सकारात्मक धारणा निर्माण गर्न आव्यक रहेको उनको भनाइ छ । यसका लागि बीमा कम्पनी तथा अभिकर्ताले संयुक्त रुपमा काम गर्नु पर्ने उनि बताउछिन् । यदि समाजमा बीमा प्रति सकारात्मक धारणा फैलाउन सकियो भने बीमाको पहुँच बढ्नुका साथै अभिकर्ता पेशाबाट अझ धेरै स्वरोजगार हुने अवसर प्राप्त हुने उनको बुझाइ छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया