Nepal Life

छोरीको बीमा गर्ने भन्दै नेपाल लाइफ छिरेका राजकुमार जिसी बने दोस्रो पटक एमडिआरटी, 'जो आफ्नो भन्दा धेरै बीमितको हित चिताउछन्'

Global Ime detail Page
  • प्रभात कुईकेल
  • 2024 Jan Wed 15:28
छोरीको बीमा गर्ने भन्दै नेपाल लाइफ छिरेका राजकुमार जिसी बने दोस्रो पटक एमडिआरटी, 'जो आफ्नो भन्दा धेरै बीमितको हित चिताउछन्'
Shikhar detail

काठमाडौं । दक्षिण कोरियामा ७ वर्ष विताएर विभिन्न पेशा व्यवसायमा संलग्न हुँदा पनि आफुलाई सुरक्षित नदेखेर छोरीको बीमा गर्न नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा प्रवेश गरेका राजकुमार जिसी लगातार दुई वर्ष एमडिआरटी बनेका छन् ।

 

NIMB

सामान्यतया जीवन बीमा गर्ने व्यक्ति तथा अभिकर्ताहरु कसै न कसैको करकाप वा अनुरोधमा संलग्न भएका हुन्छन् । तर राजकुमार जिसी भने आफु स्वयं आफ्नो छोरीको बीमा गर्न नेपाल लाइफ इन्स्योरेन्स कम्पनको घोराही शाखा कार्यालय पुगेका थिए । उनि भन्छन् ‘दक्षिण कोरियामा ६ वर्ष काम गरेर फर्किए पछि छोरी जन्मिदा ३७ वर्षको भइयो । अहिले त कमाइ राम्रो छ तर छोरी ठुली हुँदा आफु ५०/५५ वर्ष कटिन्छ । त्यतिवेला अहिलेको जति कमाइ पनि हुँदैन । त्यसैले भोलिका दिनमा छोरीकै लागि केहि गर्नु पर्दा सजिलै सकियोस् भनेर २५ लाख रुपैयाँको बीमा गर्न भनेर कम्पनी पुगेको थिए ।’

तर उनको यो सोचलाई तत्कालिन शाखा प्रमुख बसन्त अधिकारीले परिवर्तन गरिदिए । अधिकारीले यदि तपाई छोरीको हितलाई सोचेर बीमा गर्न खोज्दै हुनुहुन्छ भने छोरी भन्दा पनि तपाईको बीमा गर्नुहोस् भन्दै सुझाव दिए । उनले जिसीलाई ‘यदि तपाईलाई केहि भइहाल्यो भने छोरीको बीमाले भन्दा पनि तपाईको बीमाले छोरीलाई बढि सुरक्षा दिन्छ त्यसमा पनि अहिले तपाईको कमाउने समय छ त्यसैले २५ को सट्टा ५० लाखको बीमा गर्नु’ भनेर सुझाव दिए ।

यसै क्रममा उनको श्रीमति सरश्वती गिरीले पनि उनलाई आफ्नै बीमा गर्न आग्रह गरिन् । गिरी नेपाल टेलिकमको तुलसीपुर शाखामा टेक्निसियनको रुपमा कार्यरत छिन् । आफु नेपाल टेलिकमको जागिरे हुँदा आफ्नो जीवन सुरक्षित रहेको भन्दै उनले श्रीमानलाई पनि बीमा बाट सुरक्षित रहन अनुरोध गरे पछि बीमा गर्न राजी भए । 

जिसीले अधिकारीको सुझावलाई नकार्न सकेन्  र ५० लाख बीमाङ्कको मनि व्याक पोलिसी खरिद गरे । यसले उनको ५० लाखको जोखिम कभर गरेको छ भने समय समयमा आउने मनिव्याकले किस्ता तिर्न पनि सजिलो भएको छ । साथै उनले सोहि पोलिसी धितोमा राखेर कर्जा पनि लिएका छन् । 

यसरी आफ्नै बीमा गर्ने क्रममा उनलाई अरुको पनि बीमा गराउने काम गर्न मन लाग्यो । यसरी बीमा गराउन के गर्नुपर्ला भनेर शाखा कार्यालयमा सोधखोज गरे । शाखा प्रमुखले उनलाई आफ्नै अभिकर्ताको कोड लिएर काम गर्न सुझाए । त्यस पछि उनि पनि बीमा गराउने व्यक्ति अर्थात अभिकर्ता बने ।

जिसीले कोरियाबाट फर्किए पछि धेरै तिर हात हाले तर उनले सबै तिर सफलता हात पार्न सकिरहेका थिएनन् । कुखुरा पालन गरे । यस क्रममा उनको कुखुरा फार्ममा एकै पटक ९ सय कुखुरा मरे । कुखुरा पालनका क्रममा उनले बीमा गराउने सोच नबनाएका होइनन् । तर सल्लाह दिने व्यक्तिले गलत सुझाव दिए पछि उनले बीमा गराउन सकेनन् । यसले पनि उनलाई बीमाको महत्व अझ बढि बोध भयो ।

कुखुला पालन सँगै उनले साथिहरु सँग मिलेर कलेज सञ्चालन गरे । त्याहाँ पनि खासै सफलता हासिल गर्न सकेनन् । अहिले उनि त्याहाँबाट बाहिरिसके । कोरियाबाट फर्किदा राम्रै पैसा लिएर आएका जिसीले यातायात व्यवसाय सञ्चालन गरे । डिलक्स बस खरिद गरेर सञ्चालन गरे । यहाँबाट पनि उनले सोचे जस्तो सफलता हासिल गर्न सकेनन् । अहिले उनि होटल व्यवसायलाई अगाडी बढाउने सोच सहित प्रारम्भिक चरणको काम गरिरहेका छन् । यसरी एउटा क्षेत्रमा सफलता नपाउदा अनेकौ व्यवसायमा हात हाल्नु परिरहेको उनि बताउछन् ।

यसरी विभिन्न क्षेत्रमा काम गर्ने क्रममा उनले धेरै भन्दा धेरै मान्छे कमाए । धेरै भन्दा धेरै मानिसहरु सँग सम्बन्ध बनाए । यहि सम्बन्धलाई उनले सदुपयोग गर्दा जीवन बीमा अभिकर्तामा भने राम्रो सफलता हात पारेका छन् । उनि अन्य पेशा व्यवसाय सँग सँगै जीवन बीमा अभिकर्तालाई पनि समय दिन भ्याउछन् । अन्य काम गर्दा गर्दै पनि यसलाई अगाडि बढाउन सकिने भएकाले उनलाई यो पेशा एकदमै प्यारो लाग्न थालेको छ ।

शाखा प्रमुख विष्णु शर्माको निरन्तरको फलोअपले गर्दा नै आफुले यो सफलता हासिल गरेको उनि बताउछन् । उनि भन्छन् ‘विष्णु सरले हामीलाई गोरुको पुच्छर निमोठे जसरी धेरै नै घचघच्याउनु हुन्छ । जसले हामीलाई फिल्डमा खटिन अझै धेरै प्रेरित गर्ने गरेको छ । यदि उहाँले यसरी फलोअप नगरेको भए हामी यो पेशामा पहिला नै हराइ सक्थ्यौ ।’

जीवन बीमा मानिसको जन्म र मृत्यु सँग सम्बन्धित भएको हुँदा आफुले धेरै घरपरिवारको सुरक्षा हुने काममा थोरै भए पनि टेवा पुर्याउन सकेकोमा उनि सन्तुष्ट छन् । जीवन बीमा सामाजिक र सेवा मुलक पेशा भएकाले नै उनि यो पेशामा होमिएका हुन् । यो प्रत्यक्ष रुपमा मानिस सँग जोडिएको र भैपरि आउने जोखिमलाई सुरक्षित गर्न सक्ने भएकाले जीवन उपयोगी रहेको उनि बताउछन् ।

यसले एउटा व्यक्तिको मात्रै नभएर पुरै परिवारको सुरक्षा गर्ने भएकाले नेपाल जस्तो मुलुकमा अपरिहार्य रहेको उनको विश्लेषण छ । सबै मानिसहरु स्वयमं यस्तो कुरामा प्रोत्साहित नहुने भएकाले मध्यस्थकर्ताको धेरै नै खाचो रहेको छ । आम मानिसलाई बीमाको महत्व बुझाएर बीमा गर्नका लागि प्रेरित गर्ने काम पक्कै पनि सजिलो छैन । आज थोपा थोपा गरेर राखिएको पैसा भोलिका दिनमा एकमुष्ठ रुपमा प्राप्त गर्ने भएकाले यो एक किसिमको पेन्सन पनि हो । बीमालाई मनैदेखि रुचाउने जिसी नेपालमा बीमा व्यवासायमा धेरै विकृति रहेको बताउछन् । मानिसहरुले कमिशनका लागि जस्ता सुकै कुराहरु बोलिदिदा बीमा प्रतिको विश्वास नै गुम्न पुगेको उनि बताउछन् ।

उनको परिवारका अन्य सदश्यहरु सरकारी जागिरमा भएकाले पनि उनिले जीवनको उत्तरार्धमा सुरक्षा प्रदान गर्ने बीमा जस्ता उपकरणको आवश्यकतालाई राम्रो सँग बुझेका छन् । सबै मानिसहरुले सरकारी जागिर खान सक्दैनन् । जसले सरकारी जागिर खान सक्दैनन् उनिहरुले भोलिका दिनमा बीमा मार्फत पेन्सन पाउन सक्ने भएकाले बीमालाई अपनाउनु पर्ने उनको तर्क छ । बरु बीमा कम्पनीहरुले बीमा अभिकर्ताहरुलाई थोरै कमिशन दिए हुन्छ तर बीमितले धेरै भन्दा धेरै प्रतिफल पाउनु पर्ने उनि बताउछन् ।

बास्तवमा उनि बीमाले अभिकर्ता पेशा केवल कमिशनका लागि भन्दा पनि मानिसको सुरक्षाका लागि गरिरहेका छन् । उनको यो सोच अन्य अभिकर्ताको भन्दा धेरै माथिल्लो स्तरको छ ।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया