Nepal Life

दुई सातामा १११ अंकको करेक्सन पछि आत्तीएका लगानीकर्ताले पाए राहात

Global Ime detail Page
  • BFIS News
  • 2024 Jan Wed 16:15
दुई सातामा १११ अंकको करेक्सन पछि आत्तीएका लगानीकर्ताले पाए राहात
Sanima Reliance

काठमाडौं । दुई सातामा १११ अंकले करेक्सन हुँदा आत्तीएका लगानीकर्ताले बुधबार २७ अंकको सुधार पछि केहि राहात पाएका छन् । बजारमा लगातार गिरावट हुँदा लगानीकर्ताहरु बजार पुनः घट्न थाल्यो भन्दै आत्तीएका थिए ।

NIMB

दुई साता अगाडी नेप्से सूचक ६ महिता यताकै अधिकतम विन्दु बनाएर ओरालो झर्न सुरु गरेको थियो । करिव एक महिनाकै अवधिमा ३०० अंक भन्दा धेरैले सुधार हुँदा बजारमा साना ठुला दुबै किसिमका लागानीकर्ताहरुको प्रवेश भएको थियो । यसरी बजार बढ्यो भनेर प्रवेश गरेका लगानीकर्ताले दुई सातामै १११ अंकको नोक्सानी बेहोर्नु पर्यो ।

यस अवधिमा सर्वाधिक धेरै अंकले बढेका कम्पनीमा राम्रै गिरावट देखियो भने केहि कम्पनीहरु अझै पनि सुधार भइरहेका थिए । बुधबार नेप्से सूचक २७.९० अंकले सुधार हुँदा २०९ वटा कम्पनीको शेयर मूल्य बढेको छ । आज सबैभन्दा धेरै जलविद्युत र बीमा कम्पनीको शेयर मूल्यमा उछाल आएको छ ।

यस अवधिमा बैंकहरुको व्याजदर अव बढ्न थाल्ने भन्ने समाचारले सबैभन्दा धेरै प्रभाव पार्यो । यसै विचमा आर्थिक मन्दीका विषयले पनि राम्रै चर्चा पायो । यसले गर्दा लगानीकर्ताको मनोविज्ञान केहि कमजोर भयो । त्यसमा पनि लगानीकर्ताहरुको नाफा बुक गर्ने होडबाजीले राम्रै काम गर्यो । पछिल्लो समयमै बजार प्रवेश गर्नेले पनि थोरै थोरै मार्जीनमा पनि नाफा बुक गर्न खोज्दा बजारमा ठुलै पहिलो गयो ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया