Nepal Life

शौर्य सिमेन्टले प्रिमियम सहित २६४.५१ रुपैयाँमा एक करोड ५९ लाख कित्ता आइपिओ निष्काशन गर्ने, बोर्डमा दियो निवेदन

Global Ime detail Page
  • BFIS News
  • 2024 Jan Fri 15:51
शौर्य सिमेन्टले प्रिमियम सहित २६४.५१ रुपैयाँमा एक करोड ५९ लाख कित्ता आइपिओ निष्काशन गर्ने, बोर्डमा दियो निवेदन
Sanima Reliance

काठमाडौं । तीन ठूला व्यावसायिक घराना शंकर ग्रुप, अम्बे ग्रुप र सिके गोल्छा परिवारको संयुक्त लगानी रहेको शौर्य सिमेन्टले प्रिमियम सहित २६४.५१ रुपैयाँको दरमा एक करोड ५९ लाख ८१ हजार ५०० कित्ता आइपिओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । 

 

NIMB

कम्पनीले स्थानीय प्रभावित, वैदेशिक रोजगारमा गएका नेपाली र सर्वसाधारण सबै लगानीकर्ताहरुका लागि आधार मूल्य १०० रुपैयाँमा १६४.५१ रुपैयाँ प्रिमियम जोडेर निष्काशन गर्न लागेको हो । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक नविल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ ।

करिव १५ अर्ब लगानीमा स्थापना भएको उद्योगले २०७७ सालदेखि व्यवसायिक उत्पादन सुरु गरेको उद्योगको क्षमता तीन हजार मेट्रिकटन रहेको छ । उत्पादनकै मुखमा कोभिड महामारीको सिकार बनेको उद्योगले केहि समय आर्थिक संकट बेहोर्नु परेको थियो । उद्योगले गएको मंसिरदेखि भारतमा क्लिंकर निर्यात समेत सुरु गरेको छ । 

उद्योगमा हालसम्मकै सबैभन्दा आधुनिक मेसिन प्रयोग गरिएको कम्पनीको दाबी छ । उद्योगबाट ओपिसी, पिपिसी र पिएससी सिमेन्ट उत्पादन भइरहेको छ। सौर्य सिमेन्टले नेपालमै पहिलोपटक ‘लो अल्कलाइ’ सिमेन्ट पनि उत्पादन गरेको छ । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया