Nepal Life

माछापुच्छ्रे सेक्युरिटिजको प्रथम वार्षिक साधारणसभा सम्पन्न

Global Ime detail Page
  • BFIS News
  • 2024 Jan Fri 17:21
माछापुच्छ्रे सेक्युरिटिजको प्रथम वार्षिक साधारणसभा सम्पन्न
Sanima Reliance

काठमाडौं । माछापुच्छ्रे सेक्युरिटिजको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ । सेक्युरिटिको पहिलो वार्षिक साधारणसभाले गत आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षण प्रतिवेदन, नाफा नोक्सान विवरण, अन्य व्यय विवरण, नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरणहरु उपर छलफल गरि पारित गरेको छ ।

NIMB

सभाबाट हाल कायम रहेको सञ्चालक समितिले गरेका हालसम्मको काम कारबाहीहरु अनुमोदन भएको छ । आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव पनि पारित भएको छ ।

माछापुच्छ्र बैंकको पुर्ण लगानीमा स्थापना भएको माछापुच्छ्रेले ब्रोकरको मात्रै काम गर्ने अनुमति पाएको थियो । बैंकको सहायक कम्पनी सेक्युरिटिजले गएको मंसिर २१ गतेदेखि कारोबार शुभारम्भ गरेको थियो । २० करोड चुक्ता पूँजी रहेको सेक्युरिटिजको प्रधान कार्यालय जमल स्थित नेपाल चेम्बर अफ कमर्सको भवनमा रहेको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया