Nepal Life

हिमालयन रिको आइपिओ किन्नेलाई पहिलो दिनमै प्रतिकित्ता १३४ रुपैयाँ फाइदा, ३० हजार ८६६ कित्ता कारोबार

Global Ime detail Page
  • BFIS News
  • 2024 Jan Mon 15:44
हिमालयन रिको आइपिओ किन्नेलाई पहिलो दिनमै प्रतिकित्ता १३४ रुपैयाँ फाइदा, ३० हजार ८६६ कित्ता कारोबार
Sanima Reliance

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीको प्राथमिक शेयर खरिद गर्नेले न्युनतम १३४० रुपैयाँदेखि ५३६० रुपैयाँसम्म नाफा गरेका छन् । कम्पनीले निष्काशन गरेको प्राथमिक शेयर सर्वसाधारण लगानीकर्ताले न्युनतम १० कित्तादेखि ४० कित्तासम्म प्राप्त गरेका थिए ।

NIMB

जसले १० कित्ता शेयर खरिद गरेका थिए उनिहरुले पहिलो दिनमै १३४० रुपैयाँ फाइदा गरेका छन् । त्यस्तै कम्पनीको प्राथमिक शेयर सर्वसाधारण लगानीकर्ताले ४० कित्तासम्म प्राप्त गरेका थिए । जसले ४० कित्ता शेयर प्राप्त गरेका थिए उनिहरुले पहिलो दिनमै ५३६० रुपैयाँ फाइदा गरेका छन् ।

सर्वसाधारण लगानीकर्तालाई १०६ रुपैयाँ प्रिमियम सहित २०६ रुपैयाँमा प्राथमिक शेयर निष्काशन गरेको हिमालयन रिइन्स्योरेन्सको आजदेखि दोस्रो बजारमा कारोबार सुरु भएको थियो । पहिलो कारोबार ३०९.२० रुपैयाँमा भएको थियो । कम्पनीको पहिलो कारोबारका लागि न्युनतम १०३.०७ रुपैयाँ र अधिकतम ३०९.२१ रुपैयाँ प्रादान गरिएको थियो । पहिलो कारोबार अधिकतम रेञ्जमा सुरु भएकाले पनि लगानीकर्ताले पहिलो दिनमै प्रतिकित्ता १३४ रुपैयाँ नाफा गरेका छन् ।  

आज एकै दिन कम्पनीको ३० हजार ८६६ कित्ता शेयर खरिद बिक्री हुँदा एक करोड ४ लाख रुपैयाँको कारोबार भएको छ । अधिकतम १५० कित्ता शेयर बिक्री भएको छ । वैदेशिक रोजगारमा गएका नेपालीले पनि शेयर बिक्री गरेका छन् । वैदेशिक रोजगारमा गएका नेपालीले कम्पनीको आइपिओ १८० कित्तासम्म हात पारेका छन् ।

हिमालयन रि जस्तै अर्को पुनर्बीमा कम्पनीको शेयर मूल्य ६८२ रुपैयाँ रहेको छ । हिमालयन रिको पनि नेपाल पुनर्बीमाकै जति कारोबार हुने अनुमान गरिएको छ । तर नेपाल रिको तुलनामा हिमालयन रिको ओभर सप्लाइ छ । यसले गर्दा नेपाल रिकै दाजोमा पुग्न भने केहि गाह्रुो छ । अर्को तर्फ हिमालयन रिले प्रिमियममा शेयर निष्काशन गरेको विषयमा परेको मुद्दाको अझै फैसला हुन सकेको छैन । यदि अदालतले कम्पनीलाई लगानीकर्ता सँग लिएको प्रिमियमको विषयमा कस्तो फैसला गर्ने हो भन्ने अन्योलताले पनि धेरै माथि पुग्छ भनेर अनुमान गर्न गाह्रो छ । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया