Nepal Life

नेपाल बैंकद्धारा मेची बहुमुखी क्याम्पसमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न

Global Ime detail Page
  • BFIS News
  • 2024 Jan Mon 22:32
नेपाल बैंकद्धारा मेची बहुमुखी क्याम्पसमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न
Sanima Reliance

काठमाडौं । नेपाल बैंकको भद्रपुर शाखा कार्यालयले मेची बहुमुखी क्याम्पस झापामा वित्तीय साक्षतार सम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ ।

 

NIMB

बैंकले मेची क्याम्पसमा बिबिए विषय अध्ययरत विद्यार्थीहरुलाई लक्षित गर्दै कार्यक्रम सञ्चालन गरेको थियो । कार्यक्रममा भद्रपुर शाखा प्रमुख दिपक पौडेल सहित ५० भन्दा धेरै विद्यार्थी, शिक्षक तथा बैकका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।  

विद्यार्थीहरूलाई डिजिटल बैकिङ्ग लगायतका विषयमा जानकारी दिइएको थियो । उक्त कार्यक्रममा डिजिटल वित्तीय साक्षरतासम्बन्धी जानकारी, नेपाल बैंकका विभिन्न सेवा सुविधाहरु, डिजिटल बैंकिङ्ग प्रविधिहरू, विद्यार्थी लक्षित बचत खाता साथै बैंकिङ्गका विविध आयामहरूको बारेमा जानकारी गराइएको थियो ।

नेपाल बैंक लिमिटेडले २३५ वटा शाखा तथा उपशाखा कार्यालयहरु, २०४ वटा एटिएम र ५० भन्दा धेरै एक्सटेन्सन काउण्टरमार्फत ग्राहकहरूलाई प्रविधियुक्त बैंकिङ्ग सेवा उपलब्ध गराइरहेको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया