Nepal Life

व्याज र किस्ताको दवावका विच शेयर बजारमा सुधार, सिडी रेसियो घट्दा लगानीकर्ताको कन्फिडेन्स बढ्यो

Global Ime detail Page
  • BFIS News
  • 2024 Jan Tue 15:08
व्याज र किस्ताको दवावका विच शेयर बजारमा सुधार, सिडी रेसियो घट्दा लगानीकर्ताको कन्फिडेन्स बढ्यो
Sanima Reliance

काठमाडौं । दोस्रो त्रैमाशिक अवधिको व्याज र किस्ताको दवावका विचमा पनि शेयर बजारमा सुधार देखिएको छ । अझै पनि शेयर बिक्री गर्दा दोस्रो त्रैमाशको व्याज र किस्ताको पैसा जोहो गर्न सकिन्छ । 

NIMB

हरेक त्रैमाशको अन्तिममा शेयर बजार घट्ने गरेकोमा यस त्रैमाशको अन्तिम साता भने शेयर बजार बढिरहेको छ । सोमबार ३६.५७ अंकले सुधार भएकोमा आज मंगलबार पनि २० अंकले बढेको छ । बैंकिङ तरलता बढे सँगै लगानीकर्ताको कन्फिडेन्स पनि बढेको हो ।

सिडि रेेसियो सबैभन्दा तल झर्ने क्रममा ७९.९६ प्रतिशत रहेको छ । बैंकिङ प्रणालीमा तरलता बढ्दै गर्दा सिडी रेसियो लगातार घटिरहेको छ । निक्षेपको अनुपातमा कर्जा विस्तार कम हुँदा सिडी रेसियो घटिरहेको छ । आर्थिक मन्दी सँगै समग्र अर्थतन्त्रमा सिथिलता आउदा नयाँ कर्जा प्रवाह हुन सकेको छैन् । 

यसै विचमा कोभिडको नयाँ भेरियन्ट नेपालमा पनि देखिएको छ । कोभिड १९ को महामारी फेरि पनि बल्झिने हो कि भन्ने त्रास फैलिदै गर्दा शेयर बजारमा भने उछाल आएको छ । यस भन्दा अगाडीको बुल पनि कोभिड १९ कै कारण कर्जा प्रवाह हुन नसक्दा आएको थियो । यस्तै विविध कारणले कर्जा प्रवाह रोकियो भने शेयर बजारमा पुनः सुधार हुने अपेक्षाले पनि लगानीकर्ताको कन्फिडेन्स बढेको हो । 

सोमबार नेप्से सूचक २०.६२ अंकले सुधार हुँदा कारोबार रकम ६ अर्ब ११ करोड रुपैयाँ नाघेको छ । नेप्से सूचक २०८०.१२ अंकमा रोकिएको छ । शेयर बजारको २२ सयको मनोवैज्ञानिक अवरोध तोडिन नसकेको समयमा आज पुनः कारोबार रकम ६ अर्ब नाघेको छ । कारोबार रकम ६ अर्ब नाघ्दै गर्दा लगानीकर्ताको कन्फिडेन्स थप बढेको देखिएको छ । 

आज हाइड्रोपावर, उत्पादन तथा प्रशोधन र म्युचुअल फण्ड बाहेक सबै सूचकमा सुधार देखिएको छ । ११ वटा कम्पनीको शेयर मूल्य सर्वाधिक धेरै बढ्ने क्रममा सर्किट लागेको छ । १६५ वटा कम्पनीको शेयर मूल्यमा सुधा आउदा ७७ वटा कम्पनीको शेयर मूल्य भने घटेको छ ।  

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया