Nepal Life

हिमालयन रिइन्स्योरेन्समा दोस्रो दिनमा पनि लाग्यो सर्किट, एक कित्तामै १६८ रुपैयाँ फाइदा देखिए पछि बेच्नै मानेन्

Global Ime detail Page
  • BFIS News
  • 2024 Jan Tue 15:36
हिमालयन रिइन्स्योरेन्समा दोस्रो दिनमा पनि लाग्यो सर्किट, एक कित्तामै १६८ रुपैयाँ फाइदा देखिए पछि बेच्नै मानेन्
Sanima Reliance

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीको शेयरमा आज दोस्रो दिन पनि सकारात्मक सर्किट लागेको छ । आज प्रति कित्ता ३४ रुपैयाँले बढेर ३७४.१ रुपैयाँ कायम भएको छ । हिजो सोमबारदेखि कारोबार सुरु भएको हिमालयन रिको पहिलो कारोबार ३०९.२० रुपैयाँमा म्याचिङ भएको थियो । हिजै सकारात्मक सर्किट लाग्ने क्रममा ३३०.१० रुपैयाँ कायम भएकोमा आज पुन सर्किट लागेर ३७०.१० रुपैयाँ कायम भएको छ । 

NIMB

आजको दिनसम्ममा जसले १० कित्ता शेयर प्राप्त गरेका थिए उनिहरुले प्रति कित्ता १६८ रुपैयाँका दरले १६८१ रुपैयाँ नाफा गरेका छन् । त्यस्तै २० कित्ता प्राप्त गर्नेले ३३६२ रुपैयाँ, ३० कित्ता किन्नेले ५०४३ रुपैयाँ, ४० कित्ता प्राप्त गर्नेले ६७२४ रुपैयाँ नाफा गरेका छन् । 

वैदेशिक रोजगारमा गएका नेपालीहरुले अझ यो भन्दा धेरै नाफा आर्जन गर्न सफल भएका छन् । कम्पनीले १०६ रुपैयाँ प्रिमियम सहित सर्वसाधारण लगानीकर्ताका लागि २०६ रुपैयाँका दरले शेयर निष्काशन गरेको थियो । 

हिमालयन रिकै प्रतिस्पर्धी अर्को नेपाल पुनर्बीमा कम्पनीको शेयर मूल्य ६७८ रुपैयाँ रहेको छ । लगानीकर्ताले नेपाल पुनर्बीमा सँग तुलना गर्दै गर्दा यि दुई कम्पनीको शेयर संरचना र शेयर सप्लाइलाई मूल्याङ्कन गर्दै शेयर खरिद बिक्री गर्दा उचित हुन्छ । नेपाल पुनर्बीमामा नेपाल सरकारको शेयर स्वामित्व ४४.०३ प्रतिशत, बीमा तथा अन्य संस्थाहरुको ३९.९६ प्रतिशत र सर्वसाधारणको १६ प्रतिशत रहेको छ । 

नेपाल रिको तुलनामा झण्डै दब्बर शेयर सर्वसाधारणमा फैलिएको छ । यसले गर्दा तुलनात्मक रुपमा नेपाल रिको भन्दा हिमालयन रिको शेयर सप्लाइ बढि छ । त्यसमा पनि हिमालयन रिले प्रिमियममा शेयर जारी गरेको हुँदा यसको शेयर अलि छिटो बजारमा आउने छ । राम्रो नाफा हुने वित्तीकै सर्वसाधारण लगानीकर्ताले शेयर बिक्री गर्ने भएकाले दोस्रो बजारमा यसको सप्लाइ केहि समयमै धेरै हुनेछ । यसले गर्दा बढ्दो क्रममा नेपाल रि सरह पुगे पनि घट्दै जादा यसको शेयर मूल्य नेपाल रिको भन्दा तलै हुनेछ । 

यसको अर्को सवल पक्ष प्रिमियममा शेयर निष्काशन गरेका जगेडा कोषमा नेपाल रिको भन्दा धेरै रकम रहेको छ । तर यस विषयमा अदालतमा रिट परेको हुँदा भोलिका दिनमा यदि अदालतले प्रिमियम रकम सर्वसाधारण लगानीकर्तालाई फिर्ता गर्नु भनिदिएमा कम्पनीको शेयर मूल्य धेरै नै डाउन हुन्छ । तर यसको सम्भावना धेरै कम छ । जसले गर्दा लगानीकर्ताले कन्फिडेन्सका साथ शेयर मूल्य बढाउन सक्ने अवस्था छैन । अहिलेसम्म शेयर किन्नेले राम्रै नाफा कमाए पनि विस्तारै शेयर मूल्य बढ्दै जादा खरिद गर्नेलाई जोखिम भने बढ्दै जाने छ । 

हिजो पहिलो दिनमै ३० हजार कित्ता कारोबार भएकोमा आज दोस्रो दिन १० हजार ६९९ कित्ता मात्रै कारोबार भएको छ । आज पनि सर्किट लागेकाले आज सर्वसाधारण लगानीकर्ताले शेयर बिक्री गर्न चाेहनन् । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया