Nepal Life

हिमालयन रि सहित ५ कम्पनीको शेयरमा लाग्यो सर्किट, तिव्र उचारढावका विच नेप्से सूचक ९.५० अंकले बढ्यो

Global Ime detail Page
  • BFIS News
  • 2024 Jan Wed 15:21
हिमालयन रि सहित ५ कम्पनीको शेयरमा लाग्यो सर्किट, तिव्र उचारढावका विच नेप्से सूचक ९.५० अंकले बढ्यो
Sanima Reliance

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनी सहित ५ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । हिमालयन रिइन्स्योरेन्सको शेयरमा तीन दिनदेखि लगातार सर्किट लागिरहेको छ । 

NIMB

कम्पनीको शेयर मूल्य आज पनि ३७ रुपैयाँले बढेर ४११ रुपैयाँ पुगेको छ । 

 

 

आज मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य १० प्रतिशतले बढेर ७८८ रुपैयाँ कायम भएको छ । मुक्तिनाथ कृषि कम्पनीको शेयर मूल्य पनि ८१.९० रुपैयाँले बढेर ९०१ रुपैयाँ पुगेको छ ।

नेपाल वेयरहाउजिसङको शेयर मूल्यमा पनि सर्किट लागेर ६५४ रुपैयाँ कायम भएको छ । ङादी ग्रुप पावरको शेयर मूल्यमा सर्किट लागेर २६२ रुपैयाँ कायम भएको छ ।

उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ७१ रुपैयाँले बढेर ८५० हुँदा मानुसी लघुवित्तको शेयर मूल्यमा पनि उछाल आएको छ । कम्पनीको शेयर मूल्य ८.१२ प्रतिशतले बढेर ७८० रुपैयाँ पुगेको छ । आज सोनापुर मिनरलको शेयर मूल्य पनि सर्वाधिक बढ्ने १० कम्पनी भित्र परेको छ । सोनापुरको शेयर मूल्य ५२७ रुपैयाँ पुगेको छ भने जाल्पा लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ६४ रुपैयाँले बढेर ११६० कायम भएको छ ।

आज सर्वाधिक धेरै सोनापुरको ३२ करोड ७८ लाख रुपैयाँ कारोबार भएको छ । आजै लाभांश घोषणा गरेको रिलायबल नेपालको पनि २८ करोड ८७ लाख रुपैयाँको खरिद बिक्री भएको छ । हाथवे इन्भेष्टमेन्टको शेयर मूल्य एक हजार रुपैयाँ पुग्दा कारोबार रकम १४ करोड ६ लाख रुपैयाँ नाघेको छ ।

बुधबार नेप्से सूचक ९.५० अंकले बढ्दा कारोबार रकम ५ अर्ब १३ करोड रुपैयाँको भएको छ । ११८ वटा कम्पनीको शेयर मूल्यमा सुधार हुँदा ११८ वटै कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया