Nepal Life

सिटिजन बैंकले खुला प्रतिस्पर्धाबाट डिसिओ नियुक्त गर्ने, एभरेष्ट र ज्योतिमा पनि रोजगारीको अवसर

Global Ime detail Page
  • BFIS News
  • 2024 Jan Wed 15:50
सिटिजन बैंकले खुला प्रतिस्पर्धाबाट डिसिओ नियुक्त गर्ने, एभरेष्ट र ज्योतिमा पनि रोजगारीको अवसर
Sanima Reliance

काठमाडौं । सिटिजन बैंकले नायव प्रमुख कार्यकारी अधिकृत पदका लागि दरखास्त आह्वान गरेको छ । बैंकले नायव प्रमुख कार्यकारी अधिकृत पदका लागि खुला प्रतिस्पर्धा गराउने भएको हो । बैंक वित्तीय संस्थामा व्यवस्थापकीय तहमा रहेर कम्तिमा पनि ४ वर्ष त्यसमा पनि नायव प्रमुख कार्यकारी अधिकृत पदमै एक वर्षको कार्यानुभव हुनु पर्ने व्यवस्था गरिएको छ ।

NIMB

स्नातकोत्तर तहमा कम्तिमा पनि ३ जिपिएर हालिस गरेको साथै चार्टर्ड एकाउन्टेन्ट, एसिसिए, सिएफए उपाधि हासिल गरेको भएमा उपयुक्त हुने बैंकले जनाएको छ । आवेदकको उमेर ४५ भन्दा ननाघेको हुनु पर्ने उल्लेखित योग्यतामा खुलाइएको छ । इच्छुक आवेदकले आगामी जनावरी २४ सम्ममा आवेदन दिन सक्ने छन् ।

त्यस्तै एभरेष्ट बैंकले भारतका लागि एक जना प्रतिनिधि प्रमुखको दरखास्त बह्वान गरेको छ । बैंकले नयाँ दिल्लीस्थित प्रतिनिधि कार्यालयका लागि सिफ रिप्रिजेन्टेभ अफिसरको दरखास्त खुला गरेको हो । बैंक वित्तीय संस्थामा कम्तिमा पनि १० वर्षको अनुभव जसमा भारतकै रिमिट्यान्स कार्यालयमा रहेर २ वर्षको काम गरेको हुनु पर्नेछ ।

कम्तिमा स्नातक तह उत्तीर्ण गरी ४० वर्ष ननाघेका व्यक्तिले आवेदन दिन सक्ने छन् । कार्यअवधि एक वर्षको तोकिएको छ । यस भन्दा पछि पनि नविकरण गर्न सकिने बैंकले जनाएको छ । इच्छुक आवेदकले जनावरी २४ सम्म अनलाइनबाटै आवेदन दिन सक्ने छन् ।

ज्योति विकास बैंकले पनि केहि संख्यामा चार्टर्ड एकाउन्टेन्टको लागि दरखास्त आह्वान गरेको छ । बैंकले ३५ वर्ष ननाघेका चार्टर्ड एकाउन्टेन्टलाई आवेदन दिने अनुरोध गरेको छ । चार्टर्ड एकाउन्टेन्सी अध्ययन गरेका साथै अनुभव नभएका व्यक्तिहरुले पनि आवेदन दिन सक्ने छन् । यसका लागि पनि जनावरी २४ सम्ममा आवेदन दिनु पर्नेछ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया