Nepal Life

कुमारी बैंकको निक्षेप र कर्जाको व्याजदर घट्यो, मुद्दतीमा अधिकतम ८.११ प्रतिशत

Global Ime detail Page
  • BFIS News
  • 2024 Jan Thu 06:44
कुमारी बैंकको निक्षेप र कर्जाको व्याजदर घट्यो, मुद्दतीमा अधिकतम ८.११ प्रतिशत
Sanima Reliance

काठमाडौं । कुमारी बैंकले निक्षेप र कर्जा दुबैको व्याजदर घटाएको छ । बैंकले माघ महिनाका लागि सार्वजनिक गरेको व्याजदर अनुसार कर्जाको व्याजदर पनि घटेको छ । आधार व्याजदर सँगै स्प्रेडदर पनि घट्दा कर्जाको व्याजदर घटेको हो ।

NIMB

बैंकले बचत खातामा ४.११ प्रतिशतमा झारेको छ । यहि पुस महिनाकै लागि ४.५१ प्रतिशत छ । मुद्दती निक्षेप तर्फ पनि न्युनतम ३ देखि ६ महिना अवधिको लागि ६.५० प्रतिशत, ६ महिनादेखि १२ महिना अवधिसम्मको लागि ७.२५ प्रतिशत, एक वर्ष भन्दा बढि अवधिको लागि ८.११ प्रतिशत मात्रै दिएको छ ।

कर्जाको व्याजदर पनि ७ वर्ष भन्दा बढि अवधिको घर कर्जाको  लागि १०.७५ प्रतिशत, व्यक्तिगत आवधिक कर्जाको लागि ११.७५ प्रतिशत, एसएमइ लोनका लागि ११.११ प्रतिशतमा झारेको छ । माघ महिनादेखि आधार व्याजदर १०.६६ प्रतिशतमा झरेको छ । स्प्रेडदर पनि ४.२ प्रतिशतमा झारिएको छ । बैंकिङ प्रणालीमा तरलता थुप्रदै गए पछि बैंकहरुले व्याजदर घटाइरहेका छन् ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया