Nepal Life

अपर तामाकोशीको लिलामी सेयरमा आवेदन दिने आज अन्तिम दिन

Global Ime detail Page
  • BFIS News
  • 2024 Jan Sun 10:10
अपर तामाकोशीको लिलामी सेयरमा आवेदन दिने आज अन्तिम दिन
Sanima Reliance

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावरले आह्वान गरेको नविकेको हकप्रद शेयरको लागि बोलकबोलमा आवेदन आजअन्तिम दिन रहेको छ । कम्पनीले नविकेको १ करोड ७० लाख १९ हजार ५३० कित्ता सेयर लिलामीमा आवेदन खुला राखेको छ । 

NIMB

इच्छुक लगानीकर्ताले आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सक्ने छन् । कम्पनीले पुस १३ गतेदेखि लिलामी बिक्री खुला गरेको हो । हाइड्रोपावरले सर्वसाधारण समूहको सेयर बिक्रीमा ल्याएको हो । 

यस लिलामीमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । न्यूनतम १०० कित्ता देखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । यसमा बिक्री प्रबन्धकको काम सनराइज क्यापिटल र नागरिक लगानी कोषले गरेका छन् ।

यसअघि कम्पनीले गत भदौ १८ देखि असोज २२ गतेसम्म शतप्रतिशत हकप्रद बिक्री खुला गरेको थियो । जसमध्ये सर्वसाधारण समूहलाई छुट्याईएको ५ करोड १८ लाख १९ हजार कित्ता सेयरमा ३ करोड ४८ लाख ७१ हजार ४७० कित्तामा मात्र आवेदन परेको थियो । सो अवधिमा बिक्री नभई बाँकी रहेको सेयर अहिले लिलामी प्रक्रियामार्फत बिक्रीमा ल्याइएको हो । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया