Nepal Life

तिब्र प्रतिस्पर्धा र क्रय शक्तिमा ह्रास आउदा नयाँ व्यवसाय सँगै पुराना बीमालेखलाई निरन्तरता दिन चुनौती : शिक्षा भट्टचन

Global Ime detail Page
  • BFIS News
  • 2024 Jan Sun 17:52
तिब्र प्रतिस्पर्धा र क्रय शक्तिमा ह्रास आउदा नयाँ व्यवसाय सँगै पुराना बीमालेखलाई निरन्तरता दिन चुनौती : शिक्षा भट्टचन
Sanima Reliance

काठमाडौं ।  नेपाल बीमा प्राधिकरणले जीवन बीमा व्यवसाय गर्ने कम्पनीको चुक्ता पूँजी बृद्धी गर्न दिएको निर्देशन पश्चात आर्थिक रुपमा सबल कम्पनीको आधार खडा गर्न साविक प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड र साविक महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेड एक आपसमा गाभिई प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड कायम भई २०८० असार २९ गतेदेखि एकीकृत कारोबार समेत सुरुवात भएको थियो ।

NIMB

अनुभवी तथा लगनशील व्यवस्थापनबाट संचालित यस कम्पनीले हाल देशका सातै वटा प्रदेशमा रहेको ११५ वटा शाखा/उपशाखा कार्यालयहरुबाट सेवा संचालनमा ल्याई आफ्नो लक्ष्य हासिल गर्न उन्मुख रहेको छ । हाल कम्पनीको चुक्ता पूँजी चार अर्ब उन्नातीस करोड साठ्ठी लाख रुपैंयाँ रहेको र नपुग पुँजी पुर्याउनको लागि साधारणसभाले हकप्रद शेयरको लागि सर्व सम्मत निर्णय लिनेछ ।

कम्पनीमा संस्थापक शेयरधनी ३१० र सर्वसाधारण समूहका शेयरधनीहरुको संख्या ३,१७,११७ रहेको छ । विश्वव्यापी आर्थिक मन्दी, रुस – युक्रेन र इजरायल – प्यालेस्टाइन बीचको युद्घ, वित्तीय बजारमा ब्याजदरमा भएको उतारचढाव तथा मुलुकको अर्थतन्त्रमा आएको प्रतिकुल परिस्थितिले समग्र बीमा व्यवसायमा संकुचन आएको देखिन्छ ।

समिक्षा वर्षमा अघिल्लो वर्षको तुलनामा जीवन बीमा क्षेत्रको कुल व्यवसायमा करिब २४.६३ प्रतिशतले संकुचन आएको छ । संयुक्त कारोबार पश्चात कम्पनीले आ.व. २०८०/८१ मा रु. १ अर्ब ६७ करोड कुल बीमाशुल्क संकलन गर्न सफल भएको छ र चालु आ.व. को मंसिर मसान्तसम्म कम्पनीको जीवन बीमा कोष रु. ८ अर्ब भन्दा माथि पुगेको छ ।

नेपाल बीमा प्राधिकरणबाट प्राप्त तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७९/८० सम्ममा ४४.३८ प्रतिशत नेपालीहरुको जीवन बीमामा पहुँच पुगेको छ । यसबाट भविष्यमा बीमा व्यवसाय अभिवृद्धिका लागि आशावादी हुन सकिने अवस्था रहेको छ । तथापि, हाल बजारमा १४ वटा जीवन बीमा कम्पनीहरु रहेकोले एकातिर तीव्र प्रतिस्पर्धाको अवस्था रहेको छ भने सर्वसाधारणमा बीमाको आवश्यकता सम्बन्धी सचेतनाको कमी एवम् क्रय शक्तिमा आएको ह्रासले नयाँ व्यवसाय सँगसँगै पुराना बीमालेखहरुलाई निरन्तरता दिन थप चुनौती सिर्जना गरेको छ ।

व्यवसायिक अभिकर्तानै कम्पनीको मेरुदण्ड हो भन्ने भावनालाई आत्मसाथ गरि तालिम, विकास र पुनर्ताजगीको माध्यमबाट अभिकर्ता तथा कर्मचारीहरुको दक्षता अभिवृद्धि गर्दै अभिकर्ता सञ्जाललाई पनि सक्रिय अवस्थामा राख्न सकिएको खण्डमा मात्र प्रतिस्पर्धात्मक बजारमा अपेक्षित व्यवसाय हासिल गर्न सकिने भएकोले त्यस तर्फ व्यवस्थापन क्रियाशिल रहेको छ ।

कम्पनीको यस छैठौं साधारण सभा सम्पन्न गर्न मर्जर तथा बीमाङ्कीय मूल्यांकनको कारण ढिलाई हुन गएको हो । साथै, आगामी दिनहरुमा समयमै वार्षिक साधारण सभा सम्पन्न गर्नेतर्फ कम्पनी प्रतिबद्ध छ । अन्त्यमा, म हाम्रा सम्पूर्ण ग्राहक वर्ग, नेपाल बीमा प्राधिकरण तथा अन्य नियमनकारी निकायहरु, मर्जरमा अहम् भूमिका खेल्नुभएका मर्जर समितिका सदस्यहरु, सञ्चालक वर्ग, व्यवस्थापन समूह, कर्मचारी, अभिकर्ता एवम् पत्रकार समेतले यस कम्पनीलाई प्रदान गर्नु भएको सेवा तथा प्रत्यक्ष अप्रत्यक्ष तवरले पुर्याउनु भएको सहयोग र मार्गनिर्देशन प्रति कृतज्ञता व्यक्त गर्दै भविष्यमा समेत सर–सल्लाह, सुझाव तथा सहयोग निरन्तर पाउने अपेक्षा गर्दछु ।

(बीमा क्षेत्रकै कान्छी महिला अध्यक्ष भट्टचनले प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको छैठौं वार्षिक साधारणसभामा दिएको मन्तव्यको सम्पादित अंश)

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया