NIMB Header 2
Nepal Life

मुक्तिनाथ कृषि कम्पनीको आइपिओ पर्नेले एक महिनामै कमाए १० हजार, सप्लाइ नहुँदा हरेक दिन सर्किट (विश्लेषण सहित)

National Life
  • BFIS News
  • 2024 Jan 15 21:06
मुक्तिनाथ कृषि कम्पनीको आइपिओ पर्नेले एक महिनामै कमाए १० हजार, सप्लाइ नहुँदा हरेक दिन सर्किट (विश्लेषण सहित)
Sanima Reliance

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीको आइपिओ प्राप्त गर्ने लगानीकर्ताले एक महिनामै १० हजार भन्दा धेरै कमाएका छन् । कम्पनीको शेयर कारोबार सूरु भएको दिनदेखिनै लगातार सर्किट लाग्दै आइरहेको छ । यसको एक मात्रै कारण हो दोस्रो बजारमा एकदमै कम सप्लाइ ।

Shikhar
NIMB

कम्पनीले चुक्ता पूँजीको २० प्रतिशत शेयर मात्रै सर्वसाधारणका लागि बिक्रि गरेको छ । कुल ७० लाख कित्ता शेयर रहेको कम्पनीको १४ लाख कित्ता शेयर मात्रै शेयर बजारमा कारोबार गर्न मिल्छ । त्यसमा पनि प्राथमिक शेयर निष्काशन भएको ६ महिनासम्म म्युचुअल फण्डले बिक्री गर्न पाउदैनन् भने कर्मचारीले पनि तीन वर्षसम्म बिक्री गर्न पाउदैनन् । यसले गर्दा १० कित्ता पाउने सर्वसाधारण लगानीकर्ता सबैले दोस्रो बजारमा बिक्री गर्दैनन् । यसले गर्दा दोस्रो बजारमा माग अनुसार शेयर सप्लाइ नै छैन ।

चुक्ता पूँजी ५६ करोड रहेको कम्पनीको जगेडा कोष ६ करोड ६ लाख रुपैयाँले ऋणात्मक छ । कम्पनीले गत असार मसान्तसम्ममा कृषि उत्पादन बिक्री गरेर ३९ करोड २५ लाख रुपैयाँको आम्दानी गरेको थियो भने २८ करोड ९१ लाख रुपैयाँ खर्च हुँदा खुद आम्दानी १० करोड ३३ लाख रुपैयाँ रहेको छ । गत वर्ष कम्पनीले एक करोड ४ लाख रुपैयाँ मुनाफा आर्जन गरेको देखिन्छ ।

कम्पनीले कृषि क्षेत्रमा व्यापक लगानी गरेको हुँदा यस वर्षदेखि आकर्षक लाभांश आर्जन गर्न सक्ने अनुमान गरिएको छ । यसले गर्दा पनि कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागिरहेको छ । अर्को तर्फ कम्पनीको शेयरधनी आफैमा दोस्रो बजारका खेलाडी हुन् । जसले शेयर बजारमा राम्रै उचारचढाव आउने देखिन्छ । वित्तीय अवस्था खासै राम्रो नदेखिए पनि नेपालका लागि उदाहरणीय अवधारणा र दोस्रो बजारमा सप्लाइ कम हुँदा लगानीकर्ताले खेल्ने मौका पाएका छन् । कृषि क्षेत्रमा व्यापक लगानी गरिरहेको कम्पनीले भोलिका दिनमा हकप्रद निष्काशन गर्ने फण्डा पनि नल्याउला भन्न सकिन्न । यसले गर्दा यस बुलमा मुक्तिनाथ कृषि कम्पनीले उच्च मूल्य कायम गर्ने सम्भावना पनि उत्तीकै छ ।

कम्पनीको कार्यकारी अध्यक्ष भरतराज ढकालले गत आर्थिक वर्षमा ४१ लाख ७३ हजार रुपैयाँ तलब भत्ता तथा सुविधा बुझेका छन् । बैंकको सिइओ पद छाडेर कृषि कम्पनीमा अहोरात्र काम गरिरहेका ढकालले नेपालमै नमुना कम्पनीको रुपमा स्थापित गरिदिएका छन् ।

दोस्रो बजारमा कम्पनीको शेयर १९ दिन कारोबार भइसकेको छ । १९ कारोबार दिनमा जम्मा ५९ हजार ९५७ कित्ता मार्फत तीन करोड ८० लाख रुपैयाँको शेयर खरिद बिक्री भएको छ । अझै पनि कम्पनीको प्राथमिक शेयर दोस्रो बजारमा आउन सकेको छैन । दोस्रो बजारमा शेयर नआउदा खेलाडीहरुले राम्रै सँग खेल्न भ्याएका छन् ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया