Nepal Life

घट्दो व्याजदर र बढ्दो तरलताले शेयर बजारमा उछाल, ८ अर्ब भन्दा धेरैको कारोबारले २२ सयको अवरोधलाई तोड्दै

Global Ime detail Page
  • BFIS News
  • 2024 Jan Tue 15:06
घट्दो व्याजदर र बढ्दो तरलताले शेयर बजारमा उछाल, ८ अर्ब भन्दा धेरैको कारोबारले २२ सयको अवरोधलाई तोड्दै
Sanima Reliance

काठमाडौं । घट्दो व्याजदर र बढ्दो तरलताले शेयर बजारमा उछाल आएको छ । बैंकिङ प्रणालीमा तरलता थुप्रिदै गए पछि बैंकहरुले व्याजदर घटाउदा कोभिड १९ भन्दा अगाडीको अवस्थामा फर्किएको छ । 

NIMB

कोभिड १९ को समयमा नयाँ कर्जा प्रवाह हुन नसक्दा तलब बढ्नुका साथै व्याजदर पनि तल झरेको थियो । सोही कारण शेयर बजार ३२ सय अंक पुगेर तल झर्यो । अहिलेको अवस्थामा पनि त्यस्तै देखिएको छ । व्याजदर एकल अंकमा झरेको छ भने बैंकहरुले कर्जा प्रवाह गर्न सकेका छैनन् । यहि अवस्थामा लगानीकर्ताको ध्यान शेयर बजारमा केन्द्रित हुन थालेको छ । 

बढ्दो तरलता सँगै बैंकहरुले पनि शेयर धितोमा प्रवाह हुने कर्जामा सहजिकरण गर्दै आइरहेका छन् । यसले गर्दा शेयर बजारमा उछाल आएको हो । सूचकमा सुधार सँगै कारोबार रकम पनि ८ अर्बको भएको छ । शेयर बजारले विगत दुई वर्षदेखि २२ सयको अवरोध विन्दुलाई छोएर फर्किदै आएको छ । जव जव शेयर बजार २२ सयको हासपासमा आउने गर्छ तव तव ६ अर्ब हाराहारीको कारोबार हुने गरेको छ । तर आज एकै दिन शेयर कारोबार ८ अर्ब नाघेको छ । कारोबार भयो । यसले पनि शेयर बजारलाई नयाँ उचाइमा पुर्याउने विश्लेषकहरु बताउछन् । 

शेयर बजारमा साना मात्रै होइन ठुला लगानीकर्ताहरु पनि प्रवेश गरेका छन् । ठुला लगानीकर्ताले कारोबार रकम ह्वात्तै बढाउन थालेका छन् । ठुलाले कारोबार रकम बढाउदा साना लगानीकर्ताले पनि आफ्नो बचतलाई बजारमा प्रयोग गर्न थालेका हुन् । 

मंगलबार नेप्से सूचक ५४.५४ अंकले सुधार भएर २२७५.१७ अंकमा रोकिएको छ । सूचकमा सुधार सँगै कारोबार रकम पनि ८ अर्ब २ करोड रुपैयाँको भएको छ । 

आज २१४ वटा कम्पनीको शेयर मूल्यमा सुधार हुँदा ३१ वटा कम्पनीको शेयर मूल्य भने घटेको छ । १० वटा कम्पनीको शेयर मूल्यमा सर्किट लाग्दा २० वटा कम्पनीको शेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेका छन् । आज सर्वाधिक धेरै सोना सिमेन्टको सर्वाधिक धेरै २८ करोड ३१ लाख रुपैयाँको खरिद बिक्री भएको छ । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया