Nepal Life

हाइड्रोपावर र बीमा कम्पनीका शेयरधनीले नाफा बुक गर्दा १२.१० अंकको गिरावट, कारोबार रकम दुई वर्ष यताकै उच्च

Global Ime detail Page
  • BFIS News
  • 2024 Jan Wed 15:19
हाइड्रोपावर र बीमा कम्पनीका शेयरधनीले नाफा बुक गर्दा १२.१० अंकको गिरावट, कारोबार रकम दुई वर्ष यताकै उच्च
Sanima Reliance

काठमाडौं । जलविद्युत कम्पनी र बीमा कम्पनीका शेयरधनीले नाफा बुक गर्दा दोस्रो बजारमा १२.१० अंकको करेक्सन भएको छ । मंगलबार ५२ अंकले बढेको शेयर बजार बुधबार भने घट्यो । गिरावट सँगै नेप्से सूचक २१६३.०६ अंकमा झरेको छ । 

NIMB

बुधबार दुई वर्ष यताकै सर्वाधिक धेरै ९ अर्ब ७६ करोडको कारोबार भएको छ । कारोबार रकमले शेयर बजार बुलिस ट्रेण्डमै रहेको संकेत गरेको छ । 

आज फाइनान्स, होटल तथा पर्यटन, हाइड्रोपावर, इन्भेष्टमेन्ट कम्पनी, बीमा कम्पनी, उत्पादन तथा प्रशोधनमुलक कम्पनी, म्युचुअल फण्ड र निर्जीवन बीमा कम्पनी र व्यापरको सूचकमा गिरावट देखिएको छ । ६३ वटा कम्पनीको शेयर मूल्यमा मात्रै सुधार देखिदा १८० वटा कम्पनीको शेयर मूल्य भने घटेको छ ।

आज पनि बजार सुधार हुने अपेक्षा गरिएको थियो तर कारोबार पहिलो एक घण्टा सुधार देखिए पनि पछिल्लो २ घण्टा घट्दो क्रममा देखियो । आज लगानीकर्ताले नाफा बुक गरेका छन् । नाफा बुक गर्न खोज्दा बजार घट्यो ।

ग्लोबल आइएमई लघुवित्त, नेपाल वेयरहाउस तथा हिमालयन रि इन्स्योरेन्स कम्पनीको शेयर मूल्य सर्वाधिक बढ्ने क्रममा सकारात्मक सर्किट लाग्यो । इष्ट्रन हाइड्रोपावर, भुगोल इनर्जी र मुक्तिनाथ कृषि कम्पनीको शेयरमा नकारात्मक सर्किट लागेको छ । लगातार सकारात्मक सर्किट लाग्दै आएको मुक्तिनाथ कृषि कम्पनीको शेयर मूल्यमा आज भने नकारात्मक सर्किट लागेको हो ।

लगातार सर्किट लाग्दै आएको हिमालयन रिइन्स्योरेन्स कम्पनीको आज भने सर्वाधिक धेरै ६५ करोड ८४ लाखको खरिद बिक्री भएको छ । आज हिमालयन रिइन्स्योरेन्स कम्पनीको शेयर मूल्यमा राम्रै सप्लाइ आएको छ । यसले भोलिका दिनमा बढ्दो बजारलाई ब्रेक गर्ने संकेत देखिएको छ । नेपाल पुनर्बीमा कम्पनीको शेयर मूल्य हाराहारी आउदै गर्दा हिमालयन रिको शेयर सप्लाइ बढेको हो ।

बैंकिङ तरलता बढ्दै गर्दा व्याजदर एकल अंकमा झरेको छ । व्याजदरमा गिरावट सँगै बढेको शेयर बजारमा आज भने केहि करेक्सन देखियो । तर बजार बढ्दो क्रममा रहेको हुँदा डराउनु पर्ने अवस्था नहरेको विश्लेषकहरु बताउछन् ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया