Nepal Life

हिमालयन रिको शेयरमा लगातार ७ दिन सर्किट, नेपाल पुनर्बीमाको हाराहारी आउन थाले सँगै बढ्यो सप्लाइ

Global Ime detail Page
  • BFIS News
  • 2024 Jan Wed 15:35
हिमालयन रिको शेयरमा लगातार ७ दिन सर्किट, नेपाल पुनर्बीमाको हाराहारी आउन थाले सँगै बढ्यो सप्लाइ
Sanima Reliance

काठमाडौं । हिमालन रि इन्स्योरेन्स कम्पनीको शेयर मूल्यमा लगातार ७ कारोबार दिनमा पनि सकारात्क सर्किट लागेको छ । बुधबार पनि ९.९९ प्रतिशतले बढेको हिमालयन रिइन्स्योरेन्स कम्पनीको शेयर मूल्य ५४.७० रुपैयाँले बढेर ६०२.२० रुपैयाँ कायम भएको छ ।

NIMB

प्राथमिक शेयर खरिद गरेका लगानीकर्ताले एक कित्तामै ३९६ रुपैयाँ कमाएका छन् । कम्पनीले प्राथमिक बजारमा १०६ रुपैयाँ प्रिमियम सहित २०६ रुपैयाँको दरमा आइपिओ निष्काशन गरेको थियव । कम्पनीको प्राथमिक शेयर न्यनुतम १० कित्तादेखि अधिकतम ४० कित्तासम्म प्राप्त गरेका लगानीकर्ताले न्युनतम ३९६२ रुपैयाँदेखि अधिकतम १५ हजार ८४८ रुपैयाँ कमाएका छन् ।

प्राथमिक बजारकै लगानीकर्ताले नाफा बुक गर्ने क्रममा आज सर्वाधिक धेरै ६५ करोड ८४ लाख रुपैयाँको कारोबार भएको छ । आज मात्रै १० लाख ९३ हजार ४८७ कित्ता शेयर खरिद बिक्री भएको छ । नेपाल पुनर्बीमाको हाराहारीमा पुग्न अझै कम्पनीले दुई दिन सर्किट हान्नु पर्नेछ ।

कम्पनीले प्रिमियममा आर्जन गरेको रकमबाट ३० प्रतिशत भन्दा धेरै लाभांश दिन सक्ने क्षमता राख्दछ । तर यस विषयमा सर्वोच्च अदालतमा मुद्दा परेको हुँदा सर्वोच्चबाट मुद्दा फैसला नहुन्जेल कम्पनीको शेयर मूल्य केहि समय नेपाल पुनर्बीमाकै हाराहारीमा बस्ने विश्लेषण गरिएको छ । यदि प्रिमियमको विषयमा अदालतले कुनै अप्रिय फैसला नगरेको खण्डमा कम्पनीले फरि अर्को नयाँ मूल्यका लागि रेकर्ड बनाउन सक्ने देखिन्छ । यसले गर्दा प्राथमिक बजारका लगानीकर्ताले शेयर होल्ड गर्नु नै बढि लाभदायक हुन्छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया